को बन्ला भ्रमण वर्षमा पर्यटन बोर्डको सिइओ ?

१७ जना दावेदार
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 02:42:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्न करिब डेढ दर्जनले आकांक्षा देखाएका छन् । हालका सीइओ दीपकराज जोशी ४ वर्षे कार्यकालबाट सोमबारबाट बिदाई भएसँगै नयाँ सिइओ बन्नका लागि आकांक्षीहरु शक्ति केन्द्र धाउन थालेका छन् । 

बोर्ड संचालक समितिले जोशीलाई चार महिना सिइओकै भूमीकामा रहन भनेको थियो । तर उनले मानेनन् । यसरी समय थप गरेर बस्दा आगामी कार्यकालको लागि प्रतिस्पर्धा गर्न नपाउने कानुनी व्यवस्था भएका कारण उनले सञ्चालक समितिको प्रस्ताव इन्कार गरेका हुन् ।

१७ जना दावेदार 

बोर्डको नयाँ सीइओका लागि आवेदन दिने १७ जनामध्ये जोशी पनि एक हुन् । जोशीसहित बोर्ड भित्रबाटै १० जनाले आवेदन दिएका छन् । निर्देशक काशीराज भण्डारी र हिक्मत सिंह ऐरले पनि बोर्डको सिइओ बन्न आकांक्षा देखाएका छन् । बोर्डका प्रवन्धक रोहिणी खनाल, लेखनाथ भुषाल, नविन पोखरेल, सूर्य थपलिया र उदय भट्टराईले पनि आवेदन दिएका छन् । बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा (मिश्र) र सन्तोष बिक्रम थापाले पनि आवेदन दिएका छन् । 

बोर्ड बाहिबाट विमल नेपाल, दीपक बास्ताकोटी, प्रयास अधिकारी, प्रमेश श्रेष्ठ, धनन्जय रेग्मी, विष्णुप्रसाद गौतम, धनन्जय रेग्मी र बच्चुनारायण श्रेष्ठले बोर्डको सिइओ बन्न आवेदन दिएका छन् । पर्यटन व्यवसायी बच्चु नारायण श्रेष्ठ हाल ‘नेपाल भ्रमण वर्ष २०२०’ सदस्यसचिव समेत हुन् ।

सीइओ सिफारिस समितिका संयोजक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले आगामी १ महिनाभित्र बोर्डले नयाँ सिइओ पाइसक्ने बताएका छन् । कसको सम्भावना कति भन्नेबारे भने उनले हालसम्म सबैको सम्भावना बराबरी नै रहेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved