प्रदेश ५ को भ्रमण वर्षको सुभारम्भ बर्दियाबाट

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Jan 01, 2020 | 08:25:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ मा नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भ बर्दियाबाट गरीएको छ । बर्दियाको ठाकुरद्धारामा बुधवार कार्यक्रम गरी प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले भ्रमण वर्षको सुभारम्भ गरे ।

कार्यक्रममा वोल्दै मुख्यमन्त्रि पोखरेलले यो महाअभियान सवैको साझा अभियान भएकाले सघाउनका लागी सवैलाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै मुख्य मन्त्री शंकर पोखरेलले भ्रमण बर्ष सफल पार्नका लागि आन्तरिक पर्यटकहरुको उपस्थितीलाई बढाउनु पर्नेमा जोड दिए ।

प्रदेश ५ मा बुद्धभूमी लुम्बिनी, प्युठानको स्वर्गद्धारी, पाटेबाघ हेर्न र हात्तिमा सफारी गर्न पाइने बाँके र बर्दिया राष्ट्रिय निकुन्ज, सीस्ने हिमाल जस्ता पर्यटकिय क्षेत्रको विकास र प्रवद्धनमा प्रदेश सरकारको जोड रहने उनको भनाई थियो । भ्रमण वर्षको सुभारम्भका अवसरमा बाँके राष्ट्रिय निकुन्जमा  कार्यक्रमको आयोजना गरीएको थियो ।

मुख्यमन्त्री पोखरेलले बाँके राष्ट्रिय निकुञ्ज कोहलपुर खड्गवारमा जंगल सफारीको उद्घाटन पनि गरे । उदघाटन समारोहमा  उद्योग बन बताबरण तथा पर्यटन मन्त्री लिला गिरी लगायतको सहभागि थियो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved