पर्यटन क्षेत्रमा ह्वात्तै बढ्यो वैदेशीक लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 04:01:24 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा विदेशी लगानी बढेको छ । चालु वर्षको माघ २ गतेसम्म विभिन्न ६० वटा पर्यटकीय प्रोजेक्टका लागि ८ अर्ब ७ करोड ९४ लाख रुपैयाँ विदेशी लगानी आएको छ । गत वर्षको यही अवधिमा ३ अर्ब ६७ करोड ४४ लाख ७० हजार रुपैयाँ वैदेशिक लगानी पर्यटन क्षेत्रमा भित्रिएको थियो । 

चालु आर्थिक वर्षको हालसम्म पर्यटन क्षेत्रमा भित्रिएको वैदेशीक लगानीले २ हजार ३९८ जनाले रोजगारी पाएको उद्योग विभागको तथ्यांक छ । गत वर्ष ६८ वटा योजनाका लागि विदेशी लगानी आएको भएपनि यस वर्ष भने ६० वटामा मात्रै आएको छ । तर रकम भने करिब ६० प्रतिशतले बढेको विभागले जनाएको छ । 

नेपालमा स्थिर सरकार बनेको, लगानीको वातावरण बनेको, भ्रमण वर्ष सुरु भएको र विदेशी चेन होटलहरु आउने क्रम जारी रहेकाले लगानी बढेको सरकारी विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved