कहीँ नभएको जात्रा पर्यटन बोर्डमा, सिइओको काम सञ्चालकले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 01:37:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिमा ढिलाइृ भएपछि सदस्य सचिव नियुक्ति गर्न लागिएको छ । बोर्ड सञ्चालक समितिले आज बैठक बसेर सञ्चालकहरुमध्येबाट एक जनालाई सदस्य सचिव बनाउन लागेको हो । 

बोर्डकी निमित्त प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहै थापाले सदस्य सचिवको एकमात्र एजेन्डासहितको बैठक बोलाएकी छन् । आजकै बैठकले सञ्चालकमध्येबाट एक जनालाई सदस्य सचिव बनाउनेछ । सञ्चालक समितिको सदस्य–सचिव प्रमुख कार्यकारी अधिकृत रहने प्रावधान अनुसार यसो गर्न लागिएको स्रोतले बताएको छ । 

सीईओ नहुँदा निमित्त सीईओले सीईओ नियुक्तिको माइन्युटमा हस्ताक्षर गर्न नमिल्ने प्रावधान रहेका कोरण एक जना सञ्चालकलाई सदस्य–सचिव बनाउन लागिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved