मन्त्री भट्टराईद्वारा १५१ सांसदसँग छलफल, के निस्कियो निश्कर्ष ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 08:35:00 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले लगातार सांसदसँग ८ घण्टा छलफल गरेका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेटमा सम्बन्धमा मन्त्री भट्टराईले दुई दिन १५१ सांसदहरुसँग छलफल गरेका छन् ।

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रतिनिधित्व गर्ने बागमति प्रदेश, २ प्रदेश, गण्डकी प्रदेश र ५ न प्रदेशका साँसदसँग छलफल गरेका उनले विहिवार प्रदेश न १, सुदुरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए ।

छलफलमा सांसदहरुले साना–साना कार्यक्रम नल्याई ‘एक निर्वाचन क्षेत्र एक पर्यटन कार्यक्रम’ ल्याउन सुझाव दिएका छन् । मन्त्री भट्टराईले पर्यटनमा नयाँ योजना ल्याउन छलफल महत्वपूर्ण रहेको बताएका छन् । उनले पर्यटन क्षेत्रमा राष्ट्रिय योजना निर्माण गर्न छलफल कोषेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved