बौद्ध दर्शनलाई विश्वप्यापी बनाउनुपर्छ: मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 04:08:36 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बौद्ध दर्शनलाई विश्वब्यापी बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रवार बौद्ध दर्शन तथा गुम्बा विकास समितिको ९७ औ बैठकमा उनले बुद्धको दर्शनलाईं विश्वब्यापी बनाउदै मानव जातिलाई एकिकृत गर्नुपर्नेमा जोड दिएका हुन् । 

बौद्ध दर्शन तथा गुम्वा ब्यवस्थापन समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गदै बौद्ध दर्शनको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाउने गरी कार्य गर्न समेत सवैलाई निर्देशन दिएका छन् । ‘देशमा हजारौ गुम्वाहरु छन् । सबै गुम्वाहरुको तथ्यांक एकिकृत गरी ऐतिहासिक सम्पदाको जिर्णोदार गर्नुपर्छ', उनले भने ।’ 

उनले भुकम्पबाट क्षति पुगेका गुम्वाहरुको पुननिर्माणका लागि राष्ट्रिय पूनःनिर्माण प्राधिकरण तथा पुरातत्व विभाग तथा बुद्धसँग सम्बन्धित रहेर काम गर्ने संस्थासँग सहकार्य गरेर काम गर्न आग्रह गरे । 

बैठकले बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा सञ्चालन नियमावली २०७१, निर्देशिका नियमावली २०७१, आर्थिक प्रशासन नियमावली २०७१ संसोधन तथा कर्मचारी शर्त नियमावली, प्राचिन गुम्बा÷विहारको अभिलेखिकरण गर्ने, बौद्ध दर्शन गोन्पा विकास परिषद ऐनको विधेयक मस्यौदा बनाएर सम्बन्धित निकायमा पेश गर्ने निर्णय भएको गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पाले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved