भारतीय राजदूतले भेटे पर्यटनमन्त्री, के के भए कुरा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 01:06:51 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेट गरेका छन् । सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ । 

भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको मन्त्री भट्टराईले जानकारी दिएका छन् । कोभिड–१९ का कारण बन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुबीचको उडान चाडै सुचारु गर्ने बारेमा पनि कुराकानी भएका छन् । 

पशुपति, लुम्बिनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो । सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राले रामायण सर्किटको अवधारणालाई कार्यन्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका थिए । 

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनको क्षेत्रमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved