बहराइनका राजकुमारको टोलीद्वारा मनास्लु हिमालको सफल आरोहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 08:40:22 AM मा प्रकाशित

laxmi  sunrise bank

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अलको टोली मनास्लु हिमालको सफल आरोहण गरेको छ । टोलीले आज बिहान ७ बजार हिमालको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । 

विभागका अनुसारका राजकुमारको टोलीमा रहेका १४ जना र ३ जना गाइडले हिमाल आरोहण गरेका हुन् । यस अघि उनीहरुले कार्तिक ३ गते हिमाल आरोहण गर्ने योजना बनाए पनि मौसम सफा भएपछि सो अगाडी नै हिमाल चढेका हुन् । 

 ८ हजार १३० मिटर उचाईमा रहेको मनास्लु आरोहण पूर्व उनीहरुले सोलुखुम्बु जिल्लाको ६ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका थिए । ८ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गर्दा साढे ५ हजारमाथिको हिमाल आरोहण गरेको हुनुपर्ने नियम अुनसार उक्त आरोहण गरिएको थियो । 

राजकुमार सेख मोहम्मतको हिमाल आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको थियो । उक्त ट्रेक्सले आरोहणका लागि ७५ भन्दा बढी शेर्पाहरुलाई खटाएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved