नेपाली टोलीद्वारा बरुन्त्से हिमालको सफल आरोहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 10:01:59 AM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको पहिलो नेपाली हिमाल आरोहण टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । ७ जना नेपाली आरोहीले खुम्बु क्षेत्रमा पर्ने ७ हजार १ सय २९ मिटर उचाईमा रहेको बरुन्त्से हिमालको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । 

विभागका अनुसार उक्त आरोहण समूहको नेतृत्व ३६ वर्षीय दावा स्टेभन शेर्पाले गरेका थिए । आरोहणका लागि उनीहरु गत भदौ २१ गते खुम्बु क्षेत्रमा प्रस्थान गरेका थिए । उक्त आरोहण समूहको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले गरेको छ । 

यसअघि बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अलको १८ जनाको टोलीले असोज १७ गते खुम्बु क्षेत्रमा रहेको लोबुचे हिमाल आरोहण गरेर असोज २९ गते ८१६३ मिटर उचाईमा रहेको मनास्लु हिमालको समेत सफल आरोहण गरिसकेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved