८ महिनामा ५ अर्बले घट्यो प्राधिकरणको आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 10:31:15 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को आम्दानी खुम्चिएको छ । चैतदेखि कात्तिक मसान्तसम्म आठ महिनाको अबधिमा क्यानलाई ५ अर्ब १७ लाख २१ हजार बढीको नोक्सान भएको हो । नेपाल सरकारले गरेको बन्दाबन्दी र अन्य देशले गरेको हवाई उडानमा प्रतिबन्धका कारण ८ महिनामा ८० प्रतिशतसम्म नाफा खुम्चिएको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार दैनिक सय बढी उडान हुने समयमा नगन्य मात्रामा उडान हुँदा ८ महिनाको अबधिमा १ अर्ब १९ करोड ५८ लाख मात्रै आम्दानी भएको छ । गत वर्षको चैतदेखि कात्तिकसम्म ८ महिनाको अबधिमा ६ अर्ब १९ करोड ७५ लाख आम्दानी भएको थियो । गत वर्षको आम्दानीलाई तुलना गर्दा यस वर्ष ८० प्रतिशतसम्म आम्दानी खुम्चिएको हो । 

क्यानले जहाज उडान बाहेक विमानस्थल र प्राधिकरणको भौतिक संरचना भाडामा लगाएर आम्दानी गर्दै आएको छ । क्यानले जहाजको ल्याण्डिङ, पार्किङ, पसल कबल, ठेक्कापट्टा, ग्राउण्ड ह्याडलिङ, बैंकमा राखेको पैसाको ब्याजबाट आम्दानी गर्दै आएको छ । सबैभन्दा धेरै उडान तथा अवरण बढी हुने सिजनमा न्यून उडान भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सबै देशमा उडान खुल्ला भएपनि गत वर्षको तुलनामा न्यून मात्रामा उडान तथा अवतरण हुने गरेको कार्यालयले जनाएको छ । 

गत वर्ष यहि अबधिमा दैनिक ५० बढी उडान (एक सय उडान तथा अवतरण) हुने गरेकोमा हाल १० देखि १२ वटासम्म उडान हुने गरेको क्यानका प्रवक्ता क्षेत्री बताउँछन् । बन्दाबन्दीपछि आन्तरिक उडान संख्यामा बृद्धि भएतापनि अन्तराष्ट्रिय उडानको संख्यामा बृद्धि नभएको क्यानले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved