नयाँ हिमाल आरोहणलाई अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 01:01:13 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीपछि सुरु भएको हिमाल आरोहणमा पर्यटन विभागले नयाँ हिमालको आरोहण अनुमति दिएको छ । विदेशी पर्यटकको माग अनुसार ६ हजार ५०६ मिटर उचाईमा रहेको काङगेरी २ हिमाल आरोहण गर्न विभागले एक जना विदेशी आरोहीलाई अनुमति दिएको हो । 

सरकारले आरोहण अनुमति खुला गरेको ४१४ हिमाल मध्येमा लाङटाङ हिमाल अन्तरगत पर्ने उक्त हिमाल आरोहणका लागि अनुमति दिएको विभागले जनाएको छ । हिउदे सिजनमा अमादब्लम हिमाल आरोहण सम्पन्न गरेर स्वीजल्याण्डकी महिला आरोहीले नयाँ हिमाल आरोहणका लागि अनुमति दिईएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिईन् । उनका अनुसार विभागबाट आरोहण अनुमति लिएर उक्त आरोही लाम्टाङ हिमालमा पर्ने उक्त पिकको आरोहणका लागि निस्कीएकी छिन् । 

विभागले काङगेरी २ सगैँ विन्टर सिजनका लागि ५ हजार ७२६ मिटर उचाईमा रहेको लुजा पिक आरोहणका अनुमति दिएको छ । विभागले बुधबार दुई हिमाल आरोहण गर्न अनुमति दिएको हो । 

लुजा पिक चढ्न तीन नेपाली आरोहीले आरोहण अनुमति लिएका छन् । सरकारले आरोहणका लागि ४१४ हिमालखुला गरेको छ भने अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ । 

५ हिमाल आरोहणमा ६९ आरोहीलाई अनुमति

विभागले हिउदे सिजनका लागि ५ वटा हिमाल आरोहणका लागि ६९ जना आरोहीलाई आरोहण अनुमति दिएको थियो । 

सन् २०२० को पहिलो हिमाल आरोहणका रुपमा विभागले १३ समूहका ६९ आरोहीलाई आरोहण अनुमति दिएको विभागले जनाएको छ । जसमा अमादब्लम (६८१४ मिटर), हिमलुङ (७१२६) मिटर), मनास्लु (८१६३ मिटर), बरुन्से (७१२९ मिटर) र ग्याल्जेन पीक (६१५१ मिटर) आरोहणका लागि अनुमति दिएको थियो । 

कोरोनाका कारण बन्द भएको हिमाल आरोहणका लागि कतारी र बहराइनका राजकुमारको समूहले आरोहण सम्पन्न गरेका थिए । 

बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले ६ हजार १ सय १९ मिटर उचाईमा रहेको लोबुचे र ८ हजार १५६ मिटर उचाईमा रहेको मनास्लु हिमालको आरोहण गरेका थिए भने कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाको समूहले ६ हजार ८१४ मिटर उचाईमा रहेको आमादब्लम हिमालको सफल आरोहण गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved