आज विश्व पर्यटन दिवस

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 27, 2018 | 11:43:13 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व पर्यटन दिवस बिहीबार संसारभरी मनाईदै छ । संयुक्त राष्ट्र संघ र  विश्व पर्यटन सङ्गठनको आह्वानमा यो वर्ष विश्वभरी पर्यटन गन्तव्यलाई ‘डिजिटल ट्रान्सफर्मेशन’ गर्ने अभियान पनि शुरू गरिँदैछ । 

यो वर्ष ‘टुरिजम एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ नारासहित विश्व पर्यटन दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै उक्त दिनको सम्झनामा सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ । 

पर्यटन दिवसको अवसरमा विभिन्न २० गन्तव्यलाई डिजिटलाइजेशन र पर्यटन सीड क्याम्प गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ । यसमा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने स्थानबारे कसरी डिजिटल प्रचारप्रसार गर्ने भन्नेबारे जानकारी दिने तथा पर्यटनसम्बन्धी नयाँ कार्यक्रमको रूपमा नयाँ पुस्तालाई आकर्षित गर्न ‘पर्यटन सीड क्याम्प’ आयोजना गरिने बताइएको छ । 

विगतका वर्षमा परम्परागत रूपमा पर्यटन दिवस मनाउने गरिएकोमा यस वर्ष बोर्डले पनि देशभरका विभिन्न गन्तव्यलाई डिजिटलाइजेशन गरी पर्यटन प्रवर्धन गर्ने लक्ष्य लिएको छ । 

त्यस्तै, विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएशन अफ नेपाल हानले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । आज नेपाल आउने पर्यटकलाई ३ दिनसम्म उक्त छुट दिइने हानले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved