नेपालको पर्यटक बृद्धिदर दक्षिण एसियाकै उच्च

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 28, 2018 | 10:41:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पर्यटन आगमनको दर बढेको छ । वल्र्ड टुरिजम अर्गनाइजेशनको तथ्यांकअनुसार नेपलामा पर्यटक आगमन बुद्धिदर दक्षिण एसियामा सबैभन्दा बढी छ ।

दश वर्षे जनयुद्धबाट थिलथिलो भएको नेपालको पर्यटन उद्योग शान्ति स्थापनापछि केही उकालो लाग्न सुरु गरेको थियो । त्यसपछि नेपालमा २०७२ बैशाखमा आएको भूकम्प र त्यसलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण नेपाली पर्यटन बजार केही सुस्ताएको थियो । तर त्यसपछि निरन्तर बढ्दै गएको पर्यटक आगमन यो वर्ष पनि जारी रह्यो । 

विश्वभरको पर्यटकीय तथ्यांक प्रकाशित गरेको वल्र्ड टुरिजम अर्गनाइजेशनका अनुसार नेपालमा पर्यटन आगमन २४ प्रतिशतले बढेको छ । यो बृद्धिदर दक्षिण एसियामा सबैभन्दा उच्च हो । 

अन्य देशहरुमा भुटानको २१, भारतको ६, माल्दिभ्सको ८ र श्रीलंकको ३ प्रतिशत बृद्धि भएको छ । संस्थाकाअनुसार भेयतनाममा २९ प्रतिशतले बढेको छ । 

दक्षिण एसियाको औसत बृद्धिदर ५.६ प्रतिशत रहेको छ । गएको वर्ष नेपालमा ९ लाख ४० हजार विदेशीले भ्रमण गरेका थिए । जसबाट नेपालले ६७ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । 

नेपालमा राजनीतिक स्थिरता भएसँगै पर्यटक आगमन बढीरहेको र यसलाई निरन्तरता दिनु चुनौति भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीको भनाइ छ । पर्यटनबाट विदेशी मुद्रा आर्जनसँगै रोजगारी सिर्जना पनि उत्तिकै हुने भएकोले पूर्वाधार निर्माण र बजार प्रबद्र्धनमा ध्यान दिनुपर्ने जोशीको भनाइ छ । पर्यटन बजार बलियो बनाउन छिमेकी देशबाट धेरै पर्यटक ल्याउन सक्नुपर्ने भन्दै उनले बोर्डले भारत र चीनमा नेपालको पर्यटन बजारका विषयमा प्रचार गरिरहेको बताए । 

सन् २०२० मा भ्रमण वर्ष मनउने घोषणा गरेको सरकारले २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ । त्यसको लागि अहिलेको बृद्धिदरलाई कायम राख्न सक्नुपर्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved