विश्वका घुम्नै पर्ने सहरमध्ये पाचौँ स्थानमा काठमाडौँ

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 24, 2018 | 12:19:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्राभल साइट’ लोन्ली प्लानेटले विश्वका घुम्नैपर्ने शहरको सूचिमा नेपालको काठमाडौँलाई पाँचौ स्थानमा राखेको छ । सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने तयारी गरिरहेका बेला लोन्ली प्लानेटले काठमाडौँलाई घुम्नै पर्ने सहरको उत्कृष्ट दशमध्ये पाचौँ स्थानमा राखेको हो ।

लोन्ली प्लानेटले पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्बियाको नोवि साड, चौथोमा अमेरिकाको मिआमी र पाचौँमा नेपालको राजधानी काठमाडौँलाई राखेको छ । त्यसपछि क्रमशस् मेक्सीकोको मेक्सीको सिटी, सेनेगलको डकार, अमेरिकाको सियाटल, क्रोएसिया जदर  मोरक्कोको मेक्नेसलाई राखेको छ । 

सन् २०१५ मा गएको भूकम्पले क्ष्ति गरेपनि काठमाडौँमा अहिले पूननिर्माण भईरहेको प्लानेटले लेखको छ । ‘भूकम्पका बेलामा महत्वपूर्ण पुरात्वत्तिक सम्पदाहरु भत्किएर क्षति भएपनि अहिले पूननिर्माणका कामहरु चलिरहेका छन् र ती ऐतिहासिक सम्पदाले पूर्नजीवन प्राप्त गर्दैछन’ लोन्ली प्लानेटले थप लेखेको छ ‘बढ्दो ट्राफिक जाम, धुँवा धुलो र ध्वनी प्रदुषणबाट मुक्त भएर अहिले काठमाडौँ दशकभन्दा पहिलेको तुलनामा निकै बस्न योग्य भएको छ ।’

लोन्ली प्लानेटमा काठडमाडौँमा घुम्नै पर्ने विभिन्न स्थानहरु पनि राखिएका छन् । जसमा पुरानो काठमाडौँ अर्थात हनुमान ढोका, इतुम्बहाल, गार्डेन अफ ड्रिम्स, असन टोल, इन्द्र चोक, दरबार स्क्वायर र नासल चोक रहेका छन् । त्यस्तै कुमारी बहाल, स्वयम्भूनाथ, सेतो मच्छिन्द्रनाथ पनि प्लानेटको सूचिमा परेका छन् । प्लानेटले त्यति मात्रै नभई ती स्थानमा घुम्न निस्किदा ट्राफिक जामको समस्या हुने भएकाले रिक्साको प्रयोग गर्न समेत सुझाव दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved