‘बुद्धिष्ट ट्राभल’ मा एशियाका सबै देशलाई निम्तो, आउला त भारत ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2018 | 02:57:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘भिजिट नेपाल २०२०’ को तयारी गरिहँदा नीजी क्षेत्रबाट पनि तयारी र सहकार्यको गुन्जायस गुञ्जिन थालेको छ । नेपाल एशोसिएशन अफ ट्रभल एण्ड टुर्स एजेण्ट (नाट्टा) ले आगामी जनवरीमा ‘बुद्धिष्ट अन्तराष्ट्रिय ट्राभल मार्ट’ (BITM-2019) को आयोजना गर्दैछ । जनवरी १०, ११ र १२ मा लुम्बिनीमा हुने मार्टमा पर्यटन मन्त्रालयले सार्क र विमस्टेकमा संलग्न राष्ट्रहरुलाई निमन्त्रणा पठाउँदैछ । 

नाट्टाका अध्यक्ष सि.एन. पाण्डेले सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोले त्यतिबेलासम्म नेपालमा वार्षिक २० लाख पर्यटक भित्र्याउन यो मार्ट आयोजना गर्न लागिएको जानकारी दिए । “सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ, त्यसलाई सफल बनाउने हामी सबैको दायित्व हो, सफल बनाउन नै ‘बुद्धिष्ट अन्तराष्ट्रिय ट्राभल मार्ट’ आयोजना गर्न लागिएको हो” उनले भने । 

नाट्टाका प्रथम उपाध्यक्ष एवम् ‘बुद्धिष्ट अन्तराष्ट्रिय ट्राभल मार्ट’ कार्यक्रमका संयोजक अच्युत गुरागाईका अनुसार बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भएपनि यसको गलत प्रचार भएपछि भारतले फाईदा उठाउँदै आएकाले त्यसलाई चिर्न पनि यो मार्ट आयोजना गर्न लागिएको हो । समग्रमा नेपालको पर्यटन उद्योगलाई सबल बनाउन मार्ट आयोजना गर्न लागिएपनि लुम्बिनीको नामबाट भारतले लिँदै आएको फाईदालाई बन्द गर्नु मार्टको मुख्य उदेश्य हो । 

बुद्धको नाममा भएको अन्तराष्ट्रिय ट्राभल मार्ट यो पहिलो हो । 

ट्राभल मार्ट आयोजना गर्न पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको संयोजकत्वमा मूल आयोजक समिति बनाईएको छ । त्यो समितिको सदस्य सचिव भने नाट्टा रहेको छ । नेपाल पर्यटन बोर्ड सह आयोजक छ । पर्यटनसँग सम्बन्धित काम गर्ने संघसंस्था यसको आयोजक भएको भन्दै संयोजक गुरागाईले एशिया भरीका देशमा बुद्धको नामबाट सञ्चालित सबै संघसंस्थालाई निमन्त्रणा गरिने जनाए । हालसम्म १० वटा देशलाई निमन्त्रणा पठाई सकिएको छ । 

यो मार्टमा ५ नम्बर प्रदेश सरकार र लुम्बिनी विकास कोषले पनि सहभागीता जनाउने नाट्टाले जनाएको छ । ‘Explore The Buddha Land Nepal : the getway to Buddhist Circute’ भन्ने नारा तय गरिएको ट्राभल मार्टमा चिन र भारत सहित एशिका सबै देशहरुलाई निम्तो पठाईनेछ । 

सहभागी होला त भारत ?

केही महिना अगाडी नेपालमा सम्पन्न विमस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमस्टेकका सदस्य देशहरुलाई सहभागी गराएर भारतमै वुद्धिष्ट सर्किट आयोजना गरिने बताएका थिए । नेपालले सार्क र विमस्टेकका सदस्य देशहरुलाई ट्राभल मार्टमा सहभागी गराउने तयारी थालेपछि मोदीले यस्तो बताएका थिए । 

यसबाट पनि भारत बुद्ध नेपालको जन्मिएको शाश्वत सत्य विषय स्वीकार्न अटेर देखिन्छ । तर नेपालको नीजी क्षेत्रले बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार गर्न सुरु गरेको ट्राभल मार्ट सफल बनाउन सरकार र सम्बन्धित सरोकारवाला लाग्न बिलम्ब गर्न नहुने विज्ञहरुको सुझाव छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved