थप १ सय वटा पर्यटकीय गन्तव्य स्थल पहिचान (सुची सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 02, 2018 | 09:01:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ओझेलमा परेका नयाँ पर्यटकीय गन्तब्यलाई प्रवर्दन गर्ने उदेश्य लिएर थप १ सय वटा पर्यटकीय गन्तव्य स्थल पहिचान गरेको छ। नेपालको पर्यटन प्रवर्दनका लागि नयाँ गन्तब्य पहिचान तथा विकास गर्ने सरकारको लक्ष्य अनुसार थप १ सय वटा पर्यटकीय गन्तव्य स्थल पहिचान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। 

नेपालका प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिबाट महत्त्वपूर्ण मानिने स्थलहरुको खोजि गरी तिनीहरुलाई पर्यटकिय स्थलमा विकास गर्ने सरकारको चालू आर्थिक बर्षको लक्ष्य अनुसार नै थप १ सयवटा पर्यटकीय गन्तव्य स्थल पहिचान गरिएको हो। सरकारले आर्थिक बर्ष २०७५-०७६ को बजेटमा यसको विकासका लागि ५० करोड रुपैयाँ छुट्याएको थियो।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन्। नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए। जस मध्ये मन्त्रालयले एक सय वटाको सूची प्रकाशन गरेको हो। सुचिकृत गन्तब्यहरुमा चालू आर्थिक बर्षमा विनियोजित बजेटबाट बाँडफाँड गरिने मन्त्रालयका सहसचिब तथा प्रवक्ता घनश्याम उपाध्यायले जनाएका छन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved