‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय संयोजकमा सुरज वैद्य नियुक्त

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 02, 2018 | 02:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा सुरज वैद्य नियुक्त भएका छन् । सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको ६ महिनापछि राष्ट्रिय संयोजकमा उद्योगी वैद्यलाई नियुक्त गरेको हो । उनलाई तीन बर्षका लागि भ्रमण बर्ष कार्यक्रम कार्यान्वयन उपसमितिका उपाध्यक्ष तथा राष्ट्रिय संयोजक बनाएको हो । 

वैद्य सार्क उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष हुन् । वैद्य ओबीओआरको सदस्य तथा प्रधानमन्त्री केपी ओलीले बनाएको उद्योगसम्बन्धी समितिका सदस्यसमेत हुन् । वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका प्रेसिडेन्ट हुन् । यो कम्पनीमार्फत अटोमोबाइल, कृषि, पोल्ट्री, दानालगायत उद्योग सञ्चालित छन् ।

अन्तराष्ट्रिय समुदायसँग सम्बन्ध राम्रो रहेकोले र नेपालमा पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने भएकाले नै वैद्यलाई नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । भ्रमण वर्ष २०२० सुरु हुन १४ महिना मात्र बाँकी छ । 

मन्त्रालयले नियुक्त गरेको पत्र :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved