किन सफल हुँदैन साइपाल आरोहण

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 13, 2018 | 01:29:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मिसन साईपाल नामाकरण सहित बझाङको साइपाल हिमाल आरोहण गर्न गएको टोली फर्किएको छ । सात हजार ३१ मिटर अल्गो साइपाल हिमाल आरोहणका लागि गएको १२ जना विदेशी सहितको टोली हिमपात हुन थालेपछि चुचुरोमा नपुगी फर्किएको हो । टोलीका संयोजक भोजराज भाटका अनुसार हिमपात हुन थालेपछि टोली फर्किएको हो । 

दुई विदेशी र चार शेर्पाको आरोही टोली ६ हजार ८ सय मिटर सम्म पुगेपनि बझाङका चार चेलीहरु भने ५ हजार ६ सय मिटर उचाईबाट नै फर्किएका थिए । हाल सम्म कसैले पनि आरोहण नगरेको साइपाल हिमाल आरोहणका लागि पहिलोपटक साइपाल गाउँपालिकाकाकी लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका थिए । 

उनीहरुले कार्तिक १८ गते आरोहण सुरु गरेका थिए । उनीहरुलाई सहयोग गर्न ८ हजार मिटर भन्दा बढी उचाईका १४ वटै हिमाल चढेर विश्व रेर्कड कायम गरेका स्पेनिस नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल बेसक्याम्प पुगेको थियो । 

हालसम्म कसैले पनि साइपाल आरोहण गर्न नसक्नुको कारणबारे खोजी गर्ने बेला भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved