भारतको बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 15, 2018 | 12:11:07 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल एसोसिएसन अफ नेपाल (हान) ले भारतको बैङ्ग्लोरमा नेपालमा पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम गर्ने भएको छ । सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ काम गरिरहेका बेला हानले नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली राजदूतावास तथा बैङ्ग्लोरमा बसोबास गर्दै आएका नेपालीहरुको सहकार्यमा मंसिर ३ गते प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको हो । 

नेपालमा आउने पर्यटकमध्ये धेरै हिस्सा भारतले ओगटेको छ । भारतबाट नेपालमा धार्मीक पर्यटक बढी आउँछन् । नेपालमा आउने पर्यटकको मूख्य बजार भारत भएकाले भारतबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउन कार्यक्रम गर्न लागिएको हानका अध्यक्ष अमरमान शाक्यले बताए । 

उनका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात त्यहाँका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरसँग नेपाली होटलहरुको बीटूबी मिटिङ पनि गरिनेछ ।

होटल सङ्घ नेपालको अर्धवार्षिक साधारणसभा पनि बैङ्ग्लोरमै हुनेछ । हानले प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्दै आएको छ । साधारणभामा ३५ भन्दाबढी होटल व्यवसायीले सहभागिता जनाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved