रारा पदमार्ग सफा गर्दै आर्ट समिट ट्राभल र हिल साईड होटल कालिकोट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 12:33:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रामा जाने पर्यटकले प्रयोग गरेका प्लाष्टिकजन्य फोहोरहरु जथाभावी फलेर ट्रेकिङ रुट फोहोर भएको भन्ने खबर अहिले जहितही सुनिन्छ । हुन पनि हो, पदयात्रामा जाने पर्यटकले प्रयोग गरेका सामानहरु उतै फालिन्छ । उचित व्यवस्थापन नहुँदा रुट विग्रिएको छ ।
त्यसैलाई ख्याल गर्दै एउटा ट्राभल कम्पनीले रारा ताल घुम्न जाने पर्यटकलाई लक्षित गरी त्यसक्षेत्रमा पर्ने रुट सफा गर्ने भएको छ । बिगत चार बर्षदेखि ‘नेपाल नेपालीलाई चिनाउ’ अभियान थालेको आर्ट समिट ट्राभल एण्ड टुर्स र होटल हिल साईड कालिकोटले रारा पदमार्ग सरसफाई गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही समेत आउने भएका छन् । अभियानमा उक्त क्षेत्रका स्थानीय बासी र श्रीदल गुल्म मुगुले पनि सहभागीता जनाउने छ ।
काठमाडौँबाट नोभेम्बर ३० तारिख अर्थात् मंसिर १४ गते रारा जाने र १५ गते त्यहाँ पुगेर सरसफाई गर्ने योजना रहेको आर्ट समिटका सञ्चालक सोम बहादुर तामाङ सुनाउँछन् ।

पर्यटकलाई सुन्दर नेपाल देखाउने भन्दै सोमबहादुरले विपाटीसँग कुरा गर्दै फोहोर नेपाल देखाउन नहुने पनि बताए । पदमार्ग सफा गर्नु ट्राभल  कम्पनीको जिम्मेवारी भन्दै उनले यसलाई अभियानकै रुपमा लैजाने योजना पनि सुनाए । यस अभियानमा सोमबहादुर एक्लै छैनन् । उनलाई कर्णाली प्रदेशले साथ दिएको छ । सरसफाई सकेर १५ वटा फेहोर हाल्ने डम्पिङ बाल्टिनहरु पदमार्गको १/१ किलोमिटरको दूरीमा राखिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved