मर्स्याङ्दी नदीमा जल खेलकुद प्रतियोगिता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 05:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्स्याङ्दी नदीमा जल खेलकुद प्रतियोगिता हुने भएको छ । ‘नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज’ (नारा) ले १७ औँ अन्तराष्ट्रिय ‘हिमालय ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगीता आयोजना गर्न लागेको हो ।
मङ्सिर ८ देखि १० गतेसम्म हुने सो प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ’ गरिने नाराका महासचिव शिव अधिकारीले बताए । उनका अनुसार जलयात्रा व्यवसायमा संलग्न ‘रिभर गाइड’ तथा जल खेलाडीको सीप र दक्षता वृद्धि गर्न र नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउन यस्तो प्रतियोगीता गर्न लागिएको हो । नाराले सन् २००२ देखि यस्तो कार्यक्रम गर्दै आएको छ ।
भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्यान्ड र बेलायतलगायतका मुलुकमा क्रियाशील नेपाली रिभर गाइडले खेल खेलाउने छन् । प्रतियोगितामा विश्वका विभिन्न मुलुकको सहभागिता रहनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved