आर्ट समिटको 'रारा घुम्दै सरसफाई' अभियानमा बिजपाटी डटकम मिडिया पार्टनर

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 23, 2018 | 06:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्ट समिट ट्राभल तथा होटेल हिलसाइड कालिकोटको संयुक्त आयोजनामा रारा तालमा सरसफाई कार्यक्रम गरिने भएको छ । कार्यक्रममा बिजपाटी डटकम र अनलाइन डबली डटकमले मिडिया पार्टनरको रुपमा सहकार्य गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा समापन गरिने कार्यक्रम ‘हाम्रो नेपाल नेपालीलाई चिनाऔँ ’ भन्ने मूल नाराका साथ यही मंसिर १४ गते हुने छ । यस अभियानमा जो कोहिले भाग लिन सक्ने छन् ।  यसका लागि प्रति व्यक्ति १६ हजार ५ सय रुपैयाँमा आयोजकले काठमाडौँदेखि रारा र पुन काठमाडौं ल्याउने प्रबन्ध गरेको छ ।

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको ठुलो र प्रसिद्ध तालमा गर्न लागिएको अभियान विशेष गरी पर्यटकीय क्षेत्रको प्रबद्र्वन गर्ने उद्देश्य रहेको आर्ट समिट ट्राभल्स प्रालिका प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले बताए ।  यो ताल समुद्र सतह देखि २,९७२ मिटर उचाईंमा रहेको छ । मुगु जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदलयात्रा पछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ ।

प्रकृतिको उपहारको रूपमा सिर्जित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली र कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । 

प्रवन्धनिर्देशक तामाङ्गले भने 'आम नेपालीहरुले एक पटक रारा पुग्नै पर्ने भए पनि भौगोलिक कठिनाईसँगै योजनावद्ध रुपमा रारा पुग्ने वातावरण नभएकोले चाहेर पनि जान सकिएको छैन । तर ‘आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालि’ ले विगत २ वर्षदेखि योजनाबद्ध रुपमा ‘राराताल भ्रमण’ सुलभ दरमा गराउंदै आएको छ ।' उनले यही मंसिर १४ गते प्रस्थान गरि ६ रात ७ दिनको लागि नेपालीलाई सस्तोमा रारा ताल घुमाउनुका साथै रारा पदमार्ग सरसफाई पनि गर्ने अभियान रहेको स्पष्ट पारे।

आन्तरिक एवं बाह्यपर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएको र त्यसको सफाई नगरिए राराको सौन्दर्य बिग्रिने खतरा बढेका कारण कार्यक्रम आयोजना गरिएको हो  । अभियान अन्तर्गत ३ सय देखि ५ सयको दुरीका १५ वटा डस्वीन राखिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved