ह्वाइट वाटर च्यालेन्जको १७ औँ संस्करण मर्स्याङ्दीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2018 | 12:15:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्स्याङ्दी नदीमा शनिबारबाट अन्तर्राष्ट्रिय कायाकिङ प्रतियोगिता सुरु भएको छ । र्‍याफ्टिङ र कायाकिङका लागि विश्वकै उत्कृष्ट १० मध्येको एक मर्स्याङ्दीमा हिमालय ह्वाइट वाटर च्यालेन्ज–२०१८ सुरु भएको हो । खोलाको ग्रेडिङ अनुसार क्लास फोर र्‍यापिडको बहावमा प्रतियोगीता हुनेछ । यो प्रतियोगीता गत वर्ष त्रिशूली नदीमा र २०१६ मा सेती नदीमा आयोजना गरिएको थियो । यस संस्करण १७ औं संस्करण हो ।
नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) को आयोजनामा भइरहेको प्रतियोगितामा नेपालसहित बेलायत, आयरल्यान्ड र जर्मनीका प्रतियोगी सहभागी छन् । २० प्रतियोगीमध्ये नेपालबाट ९ वटाले सहभागीता जनाएका छन् । यसमा ५ महिला छन् । नेपालका महिला भने सहभागी छैनन् ।
निर्णायक युवराज अधिकारीका अनुसार हिमालयन रिभर गाइड एसोसिएन र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित प्रतियोगितामा खोलामा वारिपारि डोरी टाँगेर बीचमा ८ वटा गेट बनाईएको छ ।
करिब ५ सय मिटरमा कायकहरू नदीको बहावसँगै कस्ले छिटोछिटो नदीको भेलसँगै निश्चित दूरी पार गर्ने भनेर ‘स्लालम’ खेलेका थिए । आइतबार र सोमबार स्लालमका साथै हेड–टु–हेड खेल हुने छन्। तीन दिनको नतिजा एकैपल्ट सार्वजनिक गरिनेछ ।
प्रतियोगितामा पुरुषतर्फ विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । महिला पहिलोले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved