एसिया प्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2018 | 07:02:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नाउरुका राष्ट्रपति बरुन दिभेदी बाबा तथा फिलिपिन्सकी उपराष्ट्रपति लिनी रोब्रुडोले चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन। नेपालमा पहिलो पटक आयोजना गरिएको एसिया प्यासिफिक समिट,२०१८ मा सहभागी हुन आएको अवसरमा उनीहरुले चन्द्रागिरी भ्रमण गरेका हुन। 

अनौपचारिक भ्रमणको क्रममा चन्द्रागिरी पुगेका उनीहरुलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए। 

भ्रमणको क्रममा नाउरुका राष्ट्रपति र फिलिपिन्सकी उपराष्ट्रपतिले चन्द्रागिरि अत्यन्तै सुन्दर ढङ्गले निर्माण गरिएको र चन्द्रागिरिबाट एकदमै सुन्दर दृष्य देखिएको प्रतिक्रिया दिदै आगामी दिनमा फेरी भ्रमण गर्ने इच्छा व्यक्त गरेको जनाइएको छ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved