होमस्टे एशोशिएसनको दोस्रो महाधिवेशन माघ तेस्रो साता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 03:23:38 PM मा प्रकाशित

laxmi  sunrise bank

होमस्टे एशोशिएसन अफ नेपाल (होसान) को दोस्रो महाधिवेशन माघ १८ देखि २० गते हुने भएको छ । काभ्रेको बल्थली सामुदायिक होमस्टेमा बसेको होसानको केन्द्रिय समितिको बैठकले नवलपरासीको पिप्रहर सामुदायिक होमस्टेमा दोस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन सम्पन्न गर्न होसानका केन्द्रिय अध्यक्ष भिम बहादुर केसीको अध्यक्षतामा ४५ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार, प्रचार प्रसार, आर्थिक ब्यवस्थापन, विधान संसोधन, प्रतिवेदन लेखन र अन्तराष्ट्रिय सम्बन्ध सम्मन्वय समिति पनि गठन गरिएको छ ।
महाधिवेशन होमस्टे पर्यटनलाई ग्रामिण पर्यटनको प्रमुख आधारको रुपमा चिनाउन केन्द्रित हुने अध्यक्ष केसीको भनाई छ । होमस्टे पर्यटनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन अन्तराष्ट्रिय स्तरको कार्यशाला गोष्ठि समेत गरिने बताईएको छ ।
होमस्टे एशोशिएसन नेपालमा सञ्चालित सामुदायिक तथा निजी होमस्टेहरुको छाता संगठन हो । यसको ६ वटा प्रदेशमा प्रदेश कमिटि निर्माण भइसकेको छ । महाधिवेशनमा देशभरका ३ सय सामुदायिक तथा निजी होमस्टेबाट ५ सय होमस्टेकर्मीहरुको सहभागिता रहने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved