पर्यटन बोर्डबाट बिदेशी मिडियालाई १७ करोड, नेपालीको गोजी रित्तै!

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 23, 2018 | 03:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल पर्यटन बोर्ड’ नेपालको पर्यटन प्रवद्र्धनको एक स्वायत्त निकाय हो । चालु आर्थिक बर्षमा बोर्डले बजेट मार्फत नै पर्यटकीय गन्तव्यको डिजिटल प्रचार गर्ने जनाएको थियो । तर डिजिटलको नाममा बोर्डले अन्तराष्ट्रिय सञ्चार माध्यममा पैसा पठाउने काम मात्रै गरेको छ । नेपालमा सञ्चालित डिजिटल सञ्चार माध्यमलाई बेवास्ता गरी बोर्डले करोडौँ रुपैयाँ अन्तराष्ट्रिय मिडियाको लागी छुट्याएको छ ।
बोर्डले चालु आर्थिक वर्षमा विश्वभर नेपालको प्रवर्द्धन गर्न भन्दै विभिन्न अन्तराष्ट्रिय सञ्चार गृहमा नेपाली प्रवर्द्धनात्मक सामग्री प्रसारण गर्ने भनेको छ  । यस आर्थिक वर्षमा पर्यटन बोर्डले १७ करोड रुपैयाँभन्दा बढी बजेट विदेशी सञ्चारमाध्यमलाई छुट्याएको छ  । यसमा बिबिसी वर्ल्ड, सिएनएन, रोयटर्स र सिसिटिभी छन् ।

यसबाहेक ट्रिप एडभाइजर (ट्राभल साईट) र लोन्ली प्लानेटलाई समेत बोर्डले पैसा छुट्याएको छ । बोर्डले नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्नका लागी अन्तराष्ट्रिय सञ्चारमाध्यमको साथ लिनु परेको प्रतिक्रिया दिएको छ । भारत र चिनका विभिन्न सञ्चारमध्ययम सहित अन्य विश्व चर्चित सञ्चार माध्ययमार्फत नेपालको प्रचार गर्न लागिएको बोर्डको भनाई छ । बोर्डका सूचना अधिकारी आदित्य बराल पर्यटन बोर्डको काम नै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने भएकोले ४० देखी ५० प्रतिशत बजेट विदेशमा हुने कार्यक्रममा खर्च हुने बताउँछन् ।

नेपाल पर्यटन बोर्डले विदेशी सञ्चारमाध्यमका लागी १७ करोड ३१ लख बजेट छुट्याउँदा नेपाली सञ्चार माध्यमको लागी भने जम्मा २० लाख बजेट छुट्याएको छ । बोर्डले सञ्चारमाध्यमसँग संस्थागत सहकार्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन शीर्षकमा २० लाख बजेट छुट्याएको छ । यसका अलवा न्युजलेटर तथा ई–न्युजलेटरका लागी १० लाख बजेट छ । 

पर्यटन बर्ष २०२० लाई सफल पार्न बिजपाटी लगायतका दर्जन अनलाइन न्युज पोर्टलहरुले स्वस्फुर्त रुपमा काम गरिरहेका छन। तर पर्यटन बोर्डले नजिकको तिर्थ हेला भनेझैँ नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवर्दन गर्दै आएका नेपालकै डिजिटल मिडियाहरुलाई पाखा लगाउदै विदेशका मिडियाहरु मार्फत काम गरिरहेको छ। अन्तराष्ट्रिय मिडियाका लागी छुट्याएको बजेटको तुलनामा नेपाली सञ्चारमाध्यमका लागी छुट्याईएको बजेट १७ करोड ११ लाखले कम हो । 

बोर्डले विदेशी सेलिब्रेटीलाई नपाल भ्रमण गराउँन ३ करोड, डिजिटल माध्यमद्धारा पर्यटन प्रवद्र्धन गर्न १ करोड ३० लाख रुपैयाँ छुट्याएको छ । यसमा १ हजार अन्तराष्ट्रिय मिडिया र टुर अपरेटर्सलाई नेपालको परिचयात्मक भ्रमण गराउने बोर्डले जनाएको छ । डिजिटल प्रवद्र्धनमा बोर्डको वेबसाईड ४ भाषामा निर्माण गरिने उल्लेख छ । बोर्डले मल्टिमिडिया तथा फोटो शीर्षकमा ३ करोड ३० लाख बजेट विनियोजना गरेको छ । यसमा फोटो संकलन, भिडियो फुटेज संकलन तथा फोटो प्रतियोगीता सञ्चालन गर्ने जनाईएको छ ।यसबाहेक २५ वटा अन्तराष्ट्रिय टुरिजम फेयर, मार्ट र एक्स्पो, पर्यटक आउने मुख्य देश र सम्भावित देशमा कार्यक्रम गर्ने बोर्डले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved