पर्यटन प्रवद्र्धन गर्न बजार प्रतिनिधि, पर्यटन दूत खारेज

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 23, 2018 | 04:07:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले अन्तराष्ट्रिय बजार प्रतिनिध नियुक्त गर्ने भएको छ । बोर्डले पहिलोपटक अन्तराष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गराउने उदेश्यले बजार प्रतिनिधि नियुक्त गर्न लागेको हो । बोर्डले आर्थिक वर्ष २०७५/७६ को बजेटमा नै मार्केटिङ प्रतिनिधि मार्फत पर्यटन प्रवद्र्धनको काम गर्ने जनाएको छ ।
बोर्डले चीन र भारतस्थित नेपाली दूतावाससँग सहकार्य गरेर बजार प्रतिनिधि नियुक्त गर्ने जनाएको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट नियुक्त भएका प्रतिनिधिले रकम समेत पाउनेछन् । बोर्डले चीनको बेइजिङ र भारतको दिल्लीमा प्रतिनिधि नियुक्ति गरेर पर्यटन प्रवद्र्धन गर्न भन्दै ६० लाख रुपैयाँ बजेट छुट्याएको छ । बोर्डले प्रतिनिधि, गैरआवासीय नेपाली, विश्वविद्यालय तथा शिक्षण संस्था, एअरलाइन्स र निजीक्षेत्रसँग मिलेर प्रवद्धनात्मक कार्यक्रम गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै बोर्डले विभिन्न देशसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि नियुक्त गर्न लागेको छ । जनसम्पर्क तथा प्रचारप्रसार महाशाखाबाट खर्च गर्ने गरी यस आर्थिक वर्षमा बोर्डले ३२ करोड ५६ लाख रुपैयाँ छु्याएको छ । स्वदेशी र विदेशी एअरलाइन्सको सहकार्यमा कार्यक्रम गर्न ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ । पर्यटन बोर्डले ‘कुमारी एन्ड अ ब्वाइ’ नामक जापानी फिल्मको नेपालमा छायांकन गर्न १ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
पर्यटन दूत खारेज
बोर्डले पर्यटन दूत नियुक्तीको व्यवस्था खारेज गरेको छ । निःशुल्क नियुक्त गरिने अनरी पब्लिक रिलेसन रेप्रिजेन्टेटिभ (एचपीआरआर) कुनै मापदण्ड बिना नै नियुक्त भएको भन्ने गुनासो बढेपछि र यसरी नियुत्तः भएकाले नेपालको पर्यटन प्रवद्र्धनमा काम नगरेको पाईएपछि सबैलाई खारेज गरिएको बोर्डले जनाएको छ । बोर्डले समय सकिएकाको नवीकरण नगरेको र समय बाँकी भएका सबैलाई खारेज गरेको छ । बोर्डले सन् १९९८ देखि नेपाल बाहिर बस्ने नेपालीलाई पर्यटन दूतका रुपमा नियुक्त गर्दै आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved