कोरियाबाट फर्किएका नेपालीलाई ‘ट्रेकिङ गाइड’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2018 | 12:37:16 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया गएका नेपालीले स्वदेश फर्किएपछि ‘ट्रेकिङ गाइड’को काम पाउने भएका छन् । कोरियाबाट फर्किएपछि समाजमा पुर्नस्थापना गर्न सघाउने गरी कोरिया सरकारले ट्रेकिङ गाइडको काम दिलाउन सहयोग गर्न लागेको हो ।
सन् २०१५ मा गरिएको एक सर्वेक्षणले कोरियाबाट फर्किएका नेपालीले गाइडको काम गर्न रुचि देखाएको पाईएपछि कोरियाको मानव संशाधन विभागले कोरियाबाट फर्किएका नेपालीलाई गाइडको रुपमा काम दिलाउन नेपाललाई सहयोग गर्ने भएको हो ।
आउँदो बुधबार नेपालका र कोरियाका संस्थाबीचमा  सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदैछ । कोरिया मानव संशाधन विकास सेवा केन्द्र (एचआरडी कोरिया) ले विश्व ओक्टा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन फर नेपाल, कोरिया साउथ इष्ट पावर कम्पनी र युएम अमहोङगील ह्युमन फाउण्डेसनसँग समन्वय गरी काम उपलब्ध गराउने जनाएको छ ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कले सन् २०१७ मा ३४ हजार ३ सय १ जना दक्षिण कोरियाका नागरिक नेपाल घुम्न आएका छन् । सन् २०१५ मा १८ हजार १ सय १२ आएका थिए ।
एचआरडी कोरियाले ४ वर्षभन्दा बढी कोरियामा बसेको र कोरियन भाषा परीक्षा इपीएस तेस्रो श्रेणीभन्दा माथिल्लो श्रेणी ल्याएकाहरुलाई कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन फर नेपालमा कामका लागि सिफारिस गर्नेछ । सिफारिसका आधारमा कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसनले सिफारिश पाएका कामदारको समूहलाई काम दिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved