लुम्बिनीमा अन्तराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 04:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनीमा अन्तराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्टको आयोजना हुने भएको छ । लुम्बिनी सहित बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न स्थानलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न र धार्मीक पर्यटनको विकास गर्न नेपालमै पहिलो पटक लुम्बिनीमा बुद्धिष्ट मार्ट आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल एशोशियससन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) यस मार्टको आयोजक रहेका छन् ।
आगामी जनवरी १० देखी १२ सम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
नेपाल पर्यटन बोर्डले यस मार्टको लागी १ करोड बजेट छुट्याएको छ । नाट्टाको पहलमा पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहयोगमा १ करोड ८ लाख रकम संकलन गरि जम्मा २ करोड ८ लाख बजेट खर्च हुने आयोजकले अनुमान गरेको छ । मार्टमा ५० जना विदेशी क्रेता, ५० जना स्वदेशी विदेशी विक्रेता रहने जनाईएको छ ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले धार्मीक पर्यटनको विकासमा मार्टले सहयोग पुग्ने विश्वास व्यक्त गरे । बौद्ध पर्यटनको केन्द्रका रुपमा लुम्बिनीलाई विकास गर्नकै लागी गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको भन्दै उनले उक्त विमानस्थलको व्यवसायीक विकासमा समेत मार्टले सघाउने बताए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बुद्धिष्ट सर्किटको रुपमा रहेको लुम्बिनीलाई प्रचार गर्न र विश्वका बौद्धमार्गीहरुको पहिलो रोजाईको रुपमा नेपाललाई चिनाउन मार्टको आयोजना गर्न लागिएको बताए ।

यस मार्टले सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने मार्ट मूल आयोजक समितिका सदस्य सचिव अच्युत शर्मा गुरागाईले विश्वास व्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved