‘बुद्धिष्ट अन्तराष्ट्रिय ट्राभल मार्ट’ किन ? यसो भन्छन् सरोकारवाला

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 26, 2018 | 01:30:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अंग्रेजी नयाँवर्ष २०१९ को सुरुमा नै ‘बुद्धिष्ट अन्तराष्ट्रिय ट्राभल मार्ट’को आयोजना हुँदैछ । जनवरी १० देखी १२ सम्म आयोजना हुने भनिएको मार्टमा नेपाल पर्यटन बोर्डले १ करोड रुपैयाँ लगानी गर्दैछ ।
किन बुद्धिष्ट ट्राभल मार्ट ?
लुम्बिनी सहित बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न ठाउँलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न र नेपालमा धार्मीक पर्यटनको विकास गर्न बुद्धिष्ट मार्ट आयोजना गर्न लागिएको बताईएको छ । नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा विकास गर्न लुम्बिनी र भैरहवामा मार्ट आयोजना गर्न लागिएको नेपाल एशोशियससन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) ले जनाएको छ ।
मार्ट मूल आयोजक समितिका सदस्य सचिव अच्युत शर्मा गुरागाई अन्तराष्ट्रिय स्तरको यस मार्टले बौद्धमार्गीहरुको पहिलो रोजाई नेपाल बनाउन सहयोग पुग्ने बताउँछन् । ‘‘यो मार्टले विश्वका बौद्धधर्मावलम्बीलाई लुम्बिनीसम्म ल्याउन मद्दत गर्छ’’ उनले भने, ‘‘मार्टले सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्छ ।’’
यस मार्टको प्रमुख आयोजक मध्ये नेपाल पर्यटन बोर्ड पनि एक हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी बुद्धिष्ट सर्किटको रुपमा रहेको लुम्बिनीलाई प्रचार गर्नु मुख्य उदेश्य रहेको बताउँछन् । ‘‘विश्वका बौद्धमार्गीहरुको पहिलो रोजाईको रुपमा नेपाललाई चिनाउन मार्टको आयोजना गर्न लागिएको हो’’ उनले भने ।
ट्रेकिङ एजेन्सीज् एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल यस्ता किसिमका ट्राभलले नेपालको पर्यटन उद्योगका विकासमा सहयोग पुग्ने बताउँछन् । ‘‘यस्ता खालका ट्राभल मार्टले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्छ’’ उनले भने, ‘‘त्यसमाथि लुम्बिनी जस्तो ठाउँमा आयोजना हुँदैछ, यसले अन्तराष्ट्रि क्षेत्रमा राम्रो सन्देश जान्छ ।’’
आयोजक संस्था नाट्टाका महासचिव रमेश थापा वुद्धभूमी लुम्बिनीलाई पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्न अन्तराष्ट्रिय मार्टको आयोजना गर्न लागिएको बताउँछन् । नेपालमा धेरै विदेशी पर्यटक भित्र्याउन वर्षमा २/४ वटा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्न अन्तराष्ट्रिय स्तरको बुद्धिष्ट मार्ट बुद्धभूमीमै आयोजना गर्न लागिएको उनको भनाई छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले मार्टमा सहभागीता र सहयोग गर्ने जनाएको छ । मार्टमा सरकारले समेत उत्साह देखाएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि कार्यक्रममा सहभागी हुनेछन् ।
पर्यटनसचिव कृष्णप्रसाद देवकोटा नेपालको धार्मीक पर्यटन प्रवद्र्धनमा मार्टले सहयोग पुर्याउने विश्वास व्यक्त गर्छन् । ‘‘बौद्ध पर्यटनको केन्द्रका रुपमा लुम्बिनीलाई विकास गर्नकै लागी बनाउन सुरु गगरिएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ’’ उनले भने ‘‘सोही विमानस्थलको व्यवसायीक विकासमा बुद्धिष्ट मार्टले सहयोग पुग्नेछ ।’’
लुम्बिनी र भैरहवामा आयोजना हुने बुद्धिष्ट मार्टको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
पर्यटन बोर्डले यस मार्टको लागी १ करोड बजेट छुट्याएको छ । नाट्टाको पहलमा पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहयोगमा १ करोड ८ लाख रकम संकलन गरि जम्मा २ करोड ८ लाख रकम मार्टमा खर्च हुने अनुमान छ ।

यसअघि:

लुम्बिनीमा अन्तराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved