कानुन विपरीत गाडी भाडामा लिँदै पर्यटन बोर्ड (सूचना सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 11:47:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल  पर्यटन बोर्डले सवारी साधन भाडामा लिन टेन्डर माग गरेको छ । बोर्डले २०१९ को जनवरी १० देखी १२ सम्म लुम्बिनीमा आयोजना हुने बुद्धिष्ट अन्तराष्ट्रिय ट्राभल मार्टमा सहभागी हुन आउने पाहुनालाई काठमाडौँ उपत्यका, पोखरा, लुम्बिनी र चितवनमा घुमाउन आफूसँग गाडी नभएको देखाउँदै भाडामा लिन लागेको हो ।

बोर्डले पौष ६ गते १५ दिने सूचना जारी गर्दै कम्पनी दर्ता तथा इजाजत प्राप्त, भ्याट÷पानको प्रमाणपत्र र आर्थिक वर्ष २०७४÷७५ को कर चुक्ता गरेको हुनुपर्ने सर्तसहित दररेट माग गरेको हो । बोर्डका कर्पोरेट डिपार्ट हेर्ने रोहिणी प्रसाद खनालले आवेदन दिने म्याद सकिएको भोलिपल्टै दररेट हेरिने र सस्तोलाई छानिने बताए ।

अहिले बोर्डसँग ५ वटा गाडी छन् । ती गाडीहरु बोर्डका प्रमुख कार्यकारी अधिकृत र महाशाखा प्रमुखले कार्यालय आउजाउ गर्न प्रयोग गर्छन् । खनालका अनुसार बोर्डमा गाडी नभएरै पाहुनालाई घुमाउन गाडीको प्रवन्ध गर्न अहिले दररेट माग गरिएको हो ।

बोर्डले जारी गरेको सूचनामा कतिवटा गाडी आवश्यक पर्ने हो भन्ने खुलाईएको छैन । तर सार्वजनिक खरिद ऐन अनुसार संख्या तोक्नुपर्ने हुन्छ । सार्वजनकि खरिद अनुगमन कार्यालयका प्रवक्ता यज्ञराज कोइरालाका अुनसार कतिवटा आवश्यक हो भनेर खुलाउनुपर्ने हुन्छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार बजेट घटाघटमा कायम हुनेभएपनि आवश्यक गाडीको संख्या कति हो, त्यो भने खुलाउनुपर्छ । तर बोर्डले निकालेको सूचनामा संख्या उल्लेख छैन ।

यस विषयमा बोर्डले पाहुना आएपछि मात्रै संख्या थाहा हुने बताएको छ । आमन्त्रित अतिथिको उपस्थितीका आधारमा गाडीको संख्या तय हुने बोर्डले जनाएको छ । अहिले दररेट मात्रै लिईने बोर्डले जनाएको छ ।

पर्यटन बोर्डले बुद्धिष्ट ट्राभल मार्टको लागी एक करोड बजेट छुट्याएको छ । भाडाका गाडी प्रयोग गर्न पनि यही एक करोड मध्येबाट खर्च गरिने बोर्डले जनाएको छ । अहिले महाशाखा प्रमुखले प्रयोग गर्दै आएका गाडी पाहुनालाई घुमाउन दिन नसुहाउने भएकाले नयाँ गाडी खोजिएको स्रोतले बतायो ।

बोर्डले जारी गरेको सूचना:
यसअघि:

‘बुद्धिष्ट अन्तराष्ट्रिय ट्राभल मार्ट’ किन ? यसो भन्छन् सरोकारवाला

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved