सोट्टो–नेपालको अध्यक्षमा मधुसुदन उपाध्याय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 01:18:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक पर्यटकीय गन्तव्यको प्रचार गर्दै आएको सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स (सोट्टो) नेपालको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाले मधुसुदन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्धित्तीय उपाध्यक्षमा मानबहादुर शाही, महासचिवमा भुवनबहादुर पाण्डे, सचिवमा दिनेश अर्याल, कोषाध्यक्षमा देवराज खनाल र सह–कोषाध्यक्षमा भुवनदेवी महर्जन चयन भएका छन् । सदस्यहरुमा इन्दिरादेवी गौतम, सविन खड्का, कमलबहादुर मगर, गंगाप्रसाद गिरी, आनन्दकुमार क्षेत्री, रामस्वरुप महासेठ र कमल जिसी चयन भएका छन् ।

साधारण सभामा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्प कँडेलले अहिले योजना आयोगले दिर्घकालिन योजना तय गर्ने प्रक्रियामा अगाडि बढेको जानकारी दिंदै पर्यटन क्षेत्रका आवश्यक सुझाव प्रस्तुत गर्न पर्यटन क्षेत्रका विज्ञलाई आग्रह गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved