थप भएका सय गन्तव्यमा २५ करोड बजेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 02:39:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सय वटा पर्यटकीय गन्तव्यमा बजेट विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले सार्वजनिक गरेका सय वटा गन्तव्यमा २५ लाख रुपैयाँका दरले सबै गन्तव्यमा बजेट विनियोजन भएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सह–प्रवक्त प्रकाश शर्मा ढकालले जानकारी दिए ।

देशभरबाट पहिचान भएका सय ओटा गन्तव्यका लागी प्रतिगन्तव्य ५० लाख रुपैयाँ बजट विनियोजन गर्ने भनिएपनि सरकारले तत्काललाई २५ लाखका दरले रकम पठाएको हो । बाँकी २५ लाख फेरि विनियोजन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सय ओटा नयाँ गन्तव्यको पूर्वाधार विकासका लागि जम्मा २५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । मन्त्रालयले सम्बन्धित गाउँपालिका र नगरपालिकामा बजेट पठाएको छ । स्थानीय तहसँग सहकार्य गरी सार्वजनिक भएका पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिने सरकारले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेट भाषणमै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘पहिला देश अनि विदेश’ नारालाई सार्थक बनाउन नयाँ गन्तव्य छनौट गर्ने जनाएका थिए । सरकारले यसैलाई मध्यनजर गर्दै गत मंसिर १५ मा सय पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो ।

यसअघिः

थप १ सय वटा पर्यटकीय गन्तव्य स्थल पहिचान (सुची सहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved