गाभरभ्याली सामुदायिक होमस्टे : ग्रामिण पर्यटनको उत्कृष्ट नमूना

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 01, 2019 | 12:05:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा होमस्टेको इतिहाँस लामो छैन । यो अभियानले गति लिएको एक दशक पनि भएको छैन । ‘पर्यटनका लागि संगसंगै’ भन्ने नारासहित ‘नेपाल पर्यटन वर्ष–२०११’ पश्चात नै होमस्टेले गति लिएको हो ।

त्यसो त पाहुनाको स्वागत सत्कार गर्नु नेपालीको संस्कार नै हो तर यहि संस्कारलाई व्यवसायमा रुपान्तरण गरि आयको स्रोत बन्न थालेको जम्माजम्मी ८ बर्ष पुगेको छ । त्यसैले पनि बिज्ञहरुले होमस्टेलाई पर्यटन बर्ष २०११ कै ‘देन’ मान्छन् ।

२०५४ सालमा सिरुबारीबाट स्वर्गीय रुद्रमान गुरुङले र २०५५ मा घलेगाउँबाट सुरु गरिएको होमस्टे आन्दोलन २०६७ मा घोषणा भएको पर्यटन वर्ष र सोही वर्ष सरकारले होमस्टे सञ्चालन कार्यविधि ल्याएपछि संस्थागत भएको हो ।

होमस्टे भनेका ग्रामिण पर्यटनका अगुवा हुन् । गाउँमा गएपछि संस्कृति र प्रकृति दूवै देख्न पाइने हुनाले ग्रामिण क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन् । होमस्टे पर्यटकलाई सेवा दिने, रमाउने वाताबरण बनाईदिने काममा लागेका छन् । अहिले नेपालमा पर्यटन कार्यालयमा दर्ता भएका सामुदायिक होमस्टे १२५ छन्, निजी होमस्टे ११९ छन् ।

गाभरभ्याली सामुदायीक होमस्टे
अहिले होमस्टे भन्ने वित्तिक्कै बाँकेको गाभर भ्याली सामुदायीक होमस्टेको नाम सवैभन्दा अगाडी आउँछ । हुनपनि होमस्टेका रुपमा विकास हुँदै गरेको गाभर भ्याली एक लोभलाग्दो होमस्टे बनेको छ ।


काठमाडौँबाट ५ सय ५ किलोमिटर पूर्वपश्चिम राजमार्गको यात्रापछि बाँकेको कोहलपूर पुगिन्छ । कोहलपूरबाट ७ किलोमिटर सुर्खेत रोडपट्टि पर्छ गाभर भ्याली । एउटा गजबको सुरुवात गरेको छ गाभर भ्यालीले । Culture को प्रवद्र्धन, Nature को संरक्षण’ ।

गाभरभ्यालीमा थारु सहित मुगुको राराबाट स्थानान्तरण गरिएका जुम्लीबासि छन् । यसबाट पनि धेरै समुदायको जमघट छ गाभरमा भन्न सकिन्छ । सबै समुदायका छुट्टाछुट्टै विशेषता र पहिचान छन् । उनीहरुका आ–आफ्नै संस्कृति छन् । तर गाभर भ्याली सामुदायीक होमस्टेमा पुगेपछि सबैका संस्कृति र पहिचान एकैठाउँमा देख्न पाईन्छ ।

५ नम्बर प्रदेश सरकारले गाभर भ्यालीकै आसपासमा मानसरोवरको प्रतिमा सहितको पार्क बनाउँदै छ । यसले पनि गाभर भ्यालीलाई अझ सौन्दर्य युक्त बनाउने छ ।

तराई क्षेत्रका होमस्टे प्रायः संरक्षित क्षेत्रभित्र छन् । सरकारले २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गर्यो । सोहीवर्ष ग्रामीण पर्यटनका विषयमा बहस चल्यो र हामस्टे कार्यविधि २०६७ बन्यो । 

गाभर भ्याली होमस्टे सञ्चालनमा आएको ५ वर्ष भयो । २०७० सालमा सुरु भएको यो होमस्टे अहिले नेपालकै नमूना हामेस्टेका रुपमा चिनिन्छ । गाभर भ्यालीले जीविकोपार्जन मात्रै नभई आयआर्जनको मोडल लिएको छ । अहिले यस होमस्टेमा ७ वटा छन् । यसमा १८ वटा कोठा छन् । कुनै घरले २० लाख र कुनैले ५० लाखसम्म लगानी गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा यसवर्ष बाघको संख्या ४२५ ले बढेको देखाएको छ । यसलाई जोडेर गाभर भ्यालीले Tiger Tourism (बाघ पर्यटन) को अवधारणा समेत ल्याएको छ । मानव र जनावरबीच एक किसिमको सम्बन्ध विस्तार गर्न गाभर भ्यालीले यस्तो अवधारणा ल्याएको हो ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने गाभरभ्यालीले ग्रामीण पर्यटन प्रवद्र्धनका विभिन्न योजना समेत ल्याएको छ । १ दिनको चुर हाइकिङ देखी २ दिनको चुरे ट्रेकिङसम्म । यसरी हाइकिङ र ट्रेकिङ सञ्चालन गर्दा चुरेमा पाइने महत्वपूर्ण बोटविरुवाको बारेमा प्रचार हुन्छ । अहिलेसम्म नामाकरण समेत हुन नसकेका बोटविरुवा छन् चुरे क्षेत्रमा । यसरी पर्यटकीय गतिविधि बढेपछि चुरेमा वाताबरणविद्, पयंटनविद् र बोटविरुवाका विषयमा अध्ययन गर्ने मानिसहरुको उपस्थिती बढ्छ । यसले चुर संरक्षण र त्यस क्षेत्रका बोटविरुवा र जडिबुटीको प्रचार हुन्छ ।

होमस्टेलाई केवल जीविकोपार्जन मात्रै नभई आयआर्जन,  Culture को प्रवद्र्धन, Nature को संरक्षण’ र Tiger Tourism को अवधारणा नेपालमै पहिलोपटक एउटा होमस्टेले उठान गर्दैछ । राज्यको दायित्वभित्र पर्ने यस्ता विषय उठान गर्ने गाभर भ्याली होमस्टे एउटा होमस्टे मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुवात गर्ने स्थल हो ।


अब सरकारले होमस्टेलाई पनि सँगसँगै लिएर हिड्नुपर्छ । सरकारले ग्रामीण क्षेत्रमा साँच्चै पर्यटन प्रवद्र्धन गर्ने हो भने होमस्टे एउटा गजबको माध्यम हो ।


(होमस्टे एशोशियसन नेपाल ५ नम्बर प्रदेशका सचिव एवम् गाभरभ्याली होमस्टेका संचालक कृष्णलाल चौधरीसँगको कुराकानीमा आधारित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved