पर्यटन प्रवद्र्धन र क्यान्सर पिडित सहयोगार्थ पनौती हाईकिङ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 12:14:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन प्रवद्र्धनका अनेकौ सम्भावना मध्ये गाउँमा स्थापित संघसंस्था पनि मुख्य हुन् । उनीहरुले केवल पर्यटन प्रवद्र्धन मात्रै गर्दैनन्, समाजसेवा पनि गर्छन् । यसको ज्वलन्त उदाहरण हो पनौती गोरखनाथ युवा क्लब । विभिन्न समयमा ग्रामीण पर्यटनको प्रवद्र्धन गर्दै आएको युवा क्लबले यसपाली पर्यटन प्रवद्र्धनका लागी मात्रै नभई एकजना क्यान्सर पिडितको लागी आर्थिक सहयोग पनि जुटाउँदैछ ।

यस अभियानमा रोट्रयाक्ट क्लब अफ पनौती पनि सहभागी छ । यी दुई संस्था मिलेर घाटीको क्यान्सरबाट पिडितलाई सहयोग गर्न यसपाली Hike for Charity सुरु गर्दैछन् । काभ्रेको पनौतीदेखी बल्थलीसम्मको हाईकिङकमा सहभागी हुनेबाट उठेको रकम क्यान्सर पिडितलाई उपलब्ध गराउने योजना रहेको पनौती गोरखनाथ युवा क्लबका अध्यक्ष सुदिप न्यौपानेले जानकारी दिए ।

हाईकिङमा सहभागी हुन एक जना विद्यार्थीले ३५० र विद्यार्थी बाहेककाले ४५० रुपैयाँ तिर्नुपर्नेछ । विदेशीका लागी ७०० रुपैयाँ तोकिएको छ । हाईकिङमा सहभागी हुने प्रत्येकले तिरेको ५० रुपैयाँ क्यान्सर पिडितका लागी छुट्याईने छ ।

पौष २८ गते हुने हाईकिङमा सहभागी हुन चाहानेलाई काठमाडौँको भृकुटीमण्डपबाट जाने व्यवस्था गरिएको छ ।

रोट्रयाक्ट क्लब अफ पनौती र पनौती गोरखनाथ युवा क्लबले स्वाथ्य, वाताबरण र पर्यटनका लागी हाईकिङ भन्दै सुरु गरेको अभियानलाई नेपाल पर्यटन बोर्डले पनि साथ दिएको छ ।

क्लबले गतवर्ष पनि पनौतीको पर्यटन विकासका लागी हाईकिङ गरेको थियो । गतवर्ष ४५० भन्दा धेरैले सहभागीता जनाएको हाईकिङमा यसवर्ष भने ३ सय संख्याको हाराहारीमा सहभागी हुने दुवै क्लबको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved