पर्यटन उद्योगका लागी ६० लाख खर्चेर दश हजार जनशक्ति उत्पादन गर्दै सरकार

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 06, 2019 | 01:41:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागी लक्षित गर्दै १० हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । सरकारले १० हजार व्यवसायीलाई दक्ष र गुणस्तरीय सेवा दिन सक्ने बनाउने लक्ष्य लिएको छ । त्यसमध्ये Nepal Academy of Tourism & Hotel Management (NATHAM) ले ५ हजार र पर्यटन बोर्डले ५ हजार जनशक्ति पनि उत्पादन गर्नेछन् ।

बोर्डले चालु आर्थिक वर्षको बजेटमै प्रोडक्ट प्याकेजिङ, र बजारीकरण, राजमार्ग अन्तर्गतका होटल, मोटल र साना लज व्यवस्थापन तालिम दिने उल्लेख गरेको छ । पदयात्रा तथा पर्वतारोहण क्षेत्रमा कार्यरत जनशक्तिका लागि क्षमता अभिवृद्धि, सरदार, हाईअल्टिच्युड कामदारहरुलाई पर्वतारोहणको अभिाुखिकरण र  जिम्मेवार पर्यटन सम्बन्धी तालिम दिने बोर्डले जनाएको छ ।

यस्तै जलयात्रा पर्यटनमा काम गर्ने गाइडलाई अतिथि सत्कार र  जिम्मेवार पर्यटन संबिन्ध तालिम दिईने जनाइएएको छ । यसका लागी सात लाख ५० हजार बजेट छुटईएको छ ।

बोर्डले लोकल टुर गाईडलाई तालिम दिन एक लाख ५० हजार, चिनियाँ भाषा तालिमका लागी छ लाख, पर्यटक प्रहरी तथा सडक सुरक्षा सम्बन्धी तालिमका लागी पाँच लाख, होमस्टे तालिमका लागी ३ लाख छुट्याएको छ । एडभान्स्ड नेचर गाइड तालिमका लागी १० लाख, बेसिक नेचर गाइड तालिमका लागी १५ लाख र जलयात्रा सम्बन्धी तालिमका लागी १२ लाख बजेट छ ।

होटल, ट्राभल गाईड, टुर गाइड लगायत पर्यटन उद्योगमा आवश्यक जनशक्ति उत्पादन गर्न नेपाल पर्यटन बोर्डले ६० लाखभन्दा बढी बजेट छुट्याएको छ ।

तीन हजार भन्दा बढीलाई तालिम दिइसकेको सरकारले चालु आर्थिक वर्षमा १० हजारलाई व्यावसायिक तालिम प्रदान गर्ने जनाएको छ । सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य लिएको छ । प्रति पर्यटक ६५ डलर खर्च र बसाई अवधि १४ दिन पुर्याउने सरकारको लक्ष्य छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved