‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 03:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा पुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गर्ने उक्त मार्टको तयारी अन्तिम चरणमा पुगेको हो ।

जनवरी १० देखि १२ सम्म लुम्बिनीमा हुन लागेको उक्त मार्टमा १५० बढी स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहने नाट्टाका महासचिव रमेश थापाले जानकारी दिए ।

मार्टमा भाग लिन विभिन्न देशका दुई दर्जन सहभागी नेपाल आइसकेका छन् । मार्टले लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायत पर्यटकीय एवम् धार्मिक महत्वका स्थानको प्रवद्र्धन हुने नाट्टाको विश्वास छ ।

मार्टमा ‘विजनेश टु विजनेश मिटिङ’ पनि हुने छ ।

मार्टमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, अन्तराष्ट्रिय ट्राभल सङ्घका अध्यक्ष सुनिल कुमार, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, अष्ट्रेलियाका प्रतिनिधि स्टेभ कैमिस लगायत सहभागी हुनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved