१ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सिन्धुलीमा ‘फिक्कल महोत्सव’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 01:33:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुलीको फिक्कललाई पर्यटकीइ गन्तव्यका रुपमा चिनाउन फिक्कल महोत्सव गरिने भएको छ । सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो फिक्कलमा माघ २ देखि महोत्सव आयोजना गर्न लागिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले  जानकारी दिए । यहाँबाट देख्न सकिने सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै मनमोहक हुने फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् ।

फिक्कल डाँडो सात हजार ७७१ फिट अग्लो छ । फिकल्लको उत्तरतिरबाट सगरमाथा सहित १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ ।फिक्कलको उत्तरतिर पर्ने महाकाली देवीस्थान नजिकै रहस्यमय प्राकृतिक गुफा र आसपासका जंगलमा बहुमूल्य जडिबुटी पाईने स्थानीय बासिन्दासमेत रहेका पत्रकार उज्ज्वल पहाडीले जानकारी दिए ।

धार्मिक तथा प्राकृतिक विशेषतायुक्त फिक्कललाई पर्यटकीयस्थलको रुपमा स्थापित गराई आन्तरिक र वाह्य पर्यटक प्रवद्र्धन गर्न यस गाउँपालिकाको नाम फिक्कल राखिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने, गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा ¥याप्टिङ समेत गराईने छ । ६ दिनसम्म चल्ने महोत्सवमा १ लाख पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सवको उद्घाटन तीन नम्बर प्रदेशका वन, वाताबरण तथा पर्यटनमन्त्री अरुण नेपालले गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved