पर्यटन क्षेत्रको बिकास: भारत र चीनबाट केहि सिक्ने हो कि ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 13, 2019 | 01:29:02 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन उद्योगमार्फत देशको आर्थिक विकासमा छलाङ मार्न सकिन्छ भन्ने बान्कीहरु धेरै सुनिन्छ । तर यसको लागी पूर्वाधार विकास पहिलो सर्त हो । यसमा हामीले खासै प्रगति गर्न सकेका छैनौ । यसको ज्वलन्त उदाहरण नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थललाई हेरे पुग्छ ।

समस्याले गाँजेको उड्ययन क्षेत्र

धावनमार्ग उक्किएको, धावनमार्गमा लाईट (वत्ति) समेत नभएको र व्यवस्थापनको समस्याले गाँजेको विमानस्थललाई हामी बुटिक विमानस्थलमा रुपान्तरण गर्न अभियानमा छौँ ।

विमानस्थलको ६२ वर्ष पूरानो धावनमार्गमा हाम्रा यात्रुहरु यात्रा गरिरहेका छन् । सरकारले प्रत्येक पाँच/पाँच वर्षमा धावनमार्ग सुधार गर्दै गरेको जनाएपनि विमानस्थलको धावनमार्ग निकै कमजोर छ ।

आगामी अप्रिल २ देखी ३ महिनाका लागी बेलुका १० बजेदेखी बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ ।

तर वर्षौको प्रयासपछि सरकारले त्रिभुव अन्तराष्ट्रिय एयरपोर्टको धावनमार्ग पुननिर्माण गर्ने प्रक्रिया थालेको छ । २०७२ सालको गोरखा भूकम्पपछि विमानस्थलको धावनमार्ग कमजोर भएको भनेर प्रचार हुन थालेपछि सरकारले विज्ञहरुको सुझाव अनुसार विमानस्थलको धावनमार्ग सुधार गर्ने भएको हो ।

नेपालको उड्ययन क्षेत्रको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणका सहायक महाप्रबन्धक राजन पोखरेलका अनुसार आगामी अप्रिलदेखी धावनमार्ग निर्माणको काम सुरु हुनेछ । ‘धावनमार्गको जमिन मुनि पानीको तलाउ जस्तो देखिएको छ, वर्षातमा धावनमार्गको पिच तातेर उक्त पानी बाहिर आउने समस्या छ’ पोखरेलले भने, ‘यही समस्या समाधानको लागी अप्रिलदेखी धावनमार्ग सुधारको काम सुरु हुन्छ ।’

आगामी अप्रिल २ देखी ३ महिनाका लागी बेलुका १० बजेदेखी बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ । यसका लागी आन्तरिक तथा बाह्य उडान भर्दै आएका विमान कम्पनीहरुलाई जानकारी गराईसकिएको छ । चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले ३ महिनामा सक्ने गरी ३ अर्ब ७८ करोडमा निर्माणको जिम्मा लिएको छ ।

सन् २०१८ मा नेपालको उड्ययन क्षेत्रलाई वाइडबडी प्रकरणले नराम्ररी गाँज्यो ।

सन् २०१८ मा उड्यन क्षेत्र त्यति सकारात्मक देखिएन । विमानस्थलको किचलोदेखी वाईडबडी प्रकरणले यसलाई नराम्रोसँग गाँज्यो । यसले पर्यटन उद्योगमा पनि धक्का पुग्यो र अन्तराष्ट्रिय जगतबाट नेपालले नराम्रो झापड सहनुपर्यो ।

यति धेरै आन्तरिक किचलो हुँदाहुँदै पनि २०१८ को समाप्तिसम्म स्थल र हवाईमार्गबाट ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएको तथ्यांक छ । गत वर्ष ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले यसपालीको संख्यालाई ‘ऐतिहासिक’ भनेको छ । यसअघि १० लाख पर्यटक नेपाल आएको खुशीयालीमा केक समेत काटियो ।

पर्यटक आगमनको संख्यालाई मात्रै हेरे खुशीयाली बनाउने बेला भएको छैन ।

९ लाख ६९ हजार २ सय ८७ पर्यटक हवाई र २ लाख ३ हजार ७ सय ८९ पर्यटक स्थलमार्गबाट नेपाल भित्रिए । स्थलमार्गबाट भित्रिनेमा सबैभन्दा बढी भैरहवा नाकाबाट १ लाख ६५ हजार पर्यटक भित्रिएको तथ्यांक छ । संख्यालाई मात्रै हेरेर खुशीयाली बनाउनुपर्ने कुनै विशेष कारण नरहेको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।

धार्मीक र साहसिक पर्यटन

हामी धार्मीक पर्यटनलाई निकै जोडबल गरिरहेका छौँ, तर फस्टाईरहेको छैन । साहसिक पर्यटनबाट जस्तो धार्मीक पर्यटनबाट नेपालले लाभ लिन सकेको छैन । धार्मीक गतिविधिका लागी नेपाल आउने अगन्तुकले गाडीभाडा र मन्दिरमा चढाउने भेटी बाहेक अन्य खर्च गर्दैनन् । यसो भनेर उनीहरुको आगमनमा बन्देज लगाउनुपर्छ भन्न खोजिएको होईन ।

धार्मीक गतिविधिका लागी आउने पर्यटकबाट पनि साहसिक पर्यटकबाट सरह आम्दानी हुन्छ भन्ने कुरा बिहान पशुपतिनाथ आएर बेलुका फर्किने भारतीय तीर्थयात्रीबाट थाहा भईसकेको छ ।

तर पर्यटन उद्योगलाई व्यसायीक र देशको कुल ग्राहस्थ उत्पादनमा योगदान मूलक बनाउन संख्यात्मक गणना गरेर मात्रै हुँदैन । आएका पर्यटकले गर्ने खर्च र उनीहरुको नेपाल बसाईलाई प्रमुख प्राथमिकता दिईनुपर्छ ।

नेपालमा धेरै खर्च गर्ने पर्यटक भनेका साहसिक गतिविधिका लागी आउने पर्यटक मात्रै हुन् । हिमाल आरोहण, पहाडमा ट्रेकिङ, कोशी तथा खोलाहरुमा र्याफ्टिङ, उच्च पहाडी भेगमा प्याराग्लाईडिङ लगायतका लागी आउने पर्यटकबाट मात्रै नेपालले लाभ लिन सक्छ । धार्मीक गतिविधिका लागी आउने पर्यटकबाट पनि साहसिक पर्यटकबाट सरह आम्दानी हुन्छ भन्ने कुरा बिहान पशुपतिनाथ आएर बेलुका फर्किने भारतीय तीर्थयात्रीबाट थाहा भईसकेको छ ।

यद्यपी नेपाल प्राकृतिक र धार्मीक पर्यटनको प्रचुर सम्भावना भएको मुलुक हो ।

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक धार्मीक क्रियाकलापका लागी आउने हुन् । उनीहरुबाट आम्दानी छँदैछैन भन्दा पनि हुन्छ । ‘गाडी चढेर पशुपतिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकहरु ओछ्याउने तन्ना र खाने सामल पिठो समेत उतैबाट बोकेर आउँछन्’ पशुपति नजिकैका एक होटल व्यवसायीले भने । यसले गर्दा धार्मीक पशुपात क्षेत्र दुर्गन्धित बनेको छ । गाडीको छेवैमा ढुङ्गाको चम्का (अँगेनो) बनाएर खाना पकाउँछन, त्यतै बसेर खान्छन् र त्यतै फोहोर गर्छन् । यसले पशुपति क्षेत्र वरपर फोहोर बढेको छ ।

उत्तरी र दक्षिणी छिमेकीको छलाङ

नेपालमा सन् २०२० मा पर्यटन वर्ष मनाउने तयारी गरिरहेका बेला छिमेकी देशका उदाहरण र काम गराई हेर्नुपर्छ ।

नेपालले पर्यटन उद्योगलाई सिजनेबल मात्रै नभई सदाबहार उद्योगको रुपमा विकास गर्न सक्नुपर्छ ।

भारतले सन् २००८ देखी २०१८ सम्म रफ्तारमा काम गरेको पाईएको छ । जसको फलस्वरुप भारतको कुल ग्राहस्थ उत्पादनमा ६.२३ प्रतिशत योगदान पर्यटन क्षेत्रको छ । यसका अलवा भारतीय पर्यटन उद्योगले देशको रोजगारीमा ८.७८ प्रतिशत योगदान दिन्छ । भारतले पर्यटन उद्योगबाट सन् २०१८ सम्ममा २७५.५ विलियन अमेरिकी डलर आम्दानी गर्ने प्रक्षपण गरेको थियो । यसको तथ्यांक आउन बाँकी छ ।

खैर जे भएपनि छिमेकी देशले गरेका पर्यटन मैत्री योजना र कानुनको अनुसरण गरेर नेपालले पर्यटन उद्योगलाई सिजनेबल मात्रै नभई सदाबहार उद्योगको रुपमा विकास गर्न सक्नुपर्छ ।

वर्षभरीमा धेरै घुमिनेको देशको सूचीमा चीन कहिल्यै छुट्दैन । चीनले गरेको विशाल आर्थिक क्रान्ति र चीनिया उद्योगले विश्वबजारमा पारेको प्रभाव एकातिर छ भने यसलाई प्रयोग गरेर उसले बर्षेनी लाखौ पर्यटक भित्र्याउँछ ।

धार्मीक पर्यटनलाई नै जोड्ने हो भने पनि नेपालले चीनिया पर्यटकलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

तिब्बत छिर्ने प्रक्रियाका लागी लाग्ने समय ५० प्रतिशत छोट्याएर ५० प्रतिशत पर्यटकको संख्या बढाउने तिब्बतको योजना चानचुने होईन ।

तिब्बत चीनको स्वशासित क्षेत्र हो । नेपालसँग सिमाना जोडिएको तिब्बतले विदेशी पर्यटकलाई मुख्य प्राथमिकतामा राखेको छ । सन् २०१९ मा धेरै पर्यटक भित्र्याउन उसले विदेशी पर्यटक प्रवन्ध नियमावलीमा समेत संशोधन गर्ने जनाएको छ ।

तिब्बत प्रवेश गर्नका लागि लाग्ने अनुमति समयलाई ५० प्रतिशतमा छोट्याउने उसको रणनीति छ । तिब्बत छिर्ने प्रक्रियाका लागी लाग्ने समय ५० प्रतिशत छोट्याएर ५० प्रतिशत पर्यटकको संख्या बढाउने तिब्बतको योजना चानचुने होईन ।

तिब्बतमा सन् २०१८ मा तीन करोड ३० लाखभन्दा पर्यटकले भ्रमण गरेका छन् । यो संख्या गत वर्षको वर्षको तुलनामा ३१.५ प्रतिशतले बढी हो ।
पर्यटनबाट तिब्बतले गरेको आम्दानी ४९ अर्ब चिनियाँ युआन छ । कृषि लगायतका क्षेत्रलाई पर्यटनमा जोडेर सन् २०१९ मा तिब्बतले गरिबीको रेखामुनि रहेका आफ्ना १ लाख ५० हजार नागरिकलाई गरिबीको रेखाबाट माथि उकास्ने लक्ष्य राखेको छ । यो आफैँमा एक महत्वकांक्षि योजना हो । यसबाट नेपालले पनि पाठ सिक्नु जरुरी छ ।

पर्यटन क्षेत्रको पुनर्जीवन

पर्यटनविद् प्रचण्डमान श्रेष्ठका अनुसार १९९८ मा उचाइ लिएको पर्यटन क्षेत्रले निरन्तरता दिन सकेन । नेपाल द्वन्द्वमा फस्दै गयो ।  २००६ सम्म साथै उल्लेखनीय हुन सकेन । २००७ मा शान्तिसम्झौता र राजनीतिक परिवर्तन भयो । उनी आफैँ सम्मिलित समितिले नेपालमा ५ लाखको हाराहारीमा पर्यटक आउँदा ५ लाखले नै रोजगारी पाइरहेको र यसलाई वृद्धि गर्दा रोजगारीमा पनि वृद्धि हुने योजना तत्कालीन सरकारलाई बुझायो ।

२/३ वर्षमा नै दोब्बर गर्न सकिने योजना प्रस्तुत गरियो । १० लाख पर्यटक पुर्‍याउँदा ५ लाख रोजगारी बढ्ने भएपछि सरकारले पनि सकारात्मक रूपमा लियो । लगत्तै २०११ लाई नेपाल पर्यटन वर्ष भनेर घोषणा गर्ने काम भयो । त्यो लक्ष्यलाई पछ्याएर झन्डै ८ लाख पर्यटक भित्र्याउन सफल भइयो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved