मख्खीचुस भारतीय पर्यटक: नुनदेखि पानीसम्म उतैबाट, नेपाललाई फोहोरको डङ्गुर मात्रै

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 14, 2019 | 02:54:05 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपतिनाथ मन्दिर क्षेत्र धार्मीक आस्थाले भरिपूर्ण क्षेत्र हो । यसको आफ्नै विशेषता छ । हिन्दुका देवता भगवान शिवको मुर्ति भएको पशुपतिनाथ सन् १९७९ मा विश्व सम्पदा सूचिमा सुचिकृत भएको हो ।

अहिले नेपाल आउने धार्मीक पर्यटकहरु मध्ये धेरैजसो पशुपतिनाथ दर्शनका लागी आउँछन् । जनकपूरको रामजानकी दर्शनपछि काठमाडौँको पशुपतिनाथ दर्शनका लागी आउने भारतीय पर्यटक धेरै छन् ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार यसवर्ष ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल आएकोमा भारतबाट मात्रै दुई लाख ४८३ पर्यटक नेपाल आएका छन् । यीनीहरु मध्ये धेरैजसो पर्यटकहरु स्थलमार्ग हुँदै आएका छन् ।

यसवर्ष हवाईमार्ग हुँदै नौ लाख ६९ हजार २८७ र स्थलमार्ग (मोटरबाटो) बाट दुई लाख तीन हजार ७८५ पर्यटकहरु नेपाल भित्रिएका छन् । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतको बढी हो ।

नेपालको प्रमुख पर्यटन बजार भारत र चीनबाट नेपाल आउने पर्यटकको संख्या धेरै छ । भारतबाट नेपाल आउने पर्यटकहरु गतवर्षको तुलनामा २५.१ प्रतिशतले बढेका छन् । भारतबाट आउने पर्यटकमध्ये अधिकाधिक पर्यटक स्थलमार्गबाट आउने गर्छन् ।

तीर्थयात्रीले दुर्घन्धित बनाएको पशुपति क्षेत्र

अन्य देशबाट आउने तीर्थयात्री निकै कम छन् । भारतबाट आउने धार्मीक तीर्थयात्रीले पशुपति क्षेत्र भरिभराउन देखिन्छ । हामीले हिन्दु धर्मलाई प्रचार गरेर भारतबाट आउने तीर्थयात्री बढाउन लागेपनि भारतीयबाट नेपालमा कुनै खास लाभ पुगेको छैन ।

भारतबाट आएका तीर्थयात्रीले पशुपति क्षेत्र वरीपरी गरेको फोहोरले समेत अर्को दुख थपेको छ । धार्मीक आस्थाको प्रतिबिम्बको रुपमा चित्रित पशुपति क्षेत्रमा भारतीयले देखाएको रवैया सम्झन लायक छैन । उनीहरु नेपाल आउँछन, मुस्किलले एक रात बस्छन । आउँदा पानी समेत उतैबाट बोकेर ल्याउँछन् । यसले धार्मीक पर्यटनबाट आर्थिक लाभ भईरहेको छैन भन्ने कुरा छर्लङ्गै दर्शाउँछ ।

बिहानै पशुपति क्षेत्रमा पुग्दा अजङ्गका गाडीहरु पार्किङ गरिरहेको भेटिन्छ । गाडीको अगाडीपट्टि कोही तरकारी काटिरहेका, कोही ग्याँस बालिरहेका र कोही चामल पखालीरहेका देखिन्छन् । गाडीको पछाडी लस्करै दिशा पिसाबका लागी बसेका मानिस भेटिन्छन् ।

यसले पशुपति क्षेत्रको सुन्दरतामा कुरुपता थपेको छ । विभिन्न फलफूल र धुपवत्तिले मगमगाई रहने पशुपति क्षेत्रमा दुर्घन्धले कब्जा जमाएको छ । यसमा सम्बन्धित निकायले खासै चासो देखाएको छैन ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डाक्टर मिलनकुमार थापा कोषले पशुपति क्षेत्रलाई धार्मीक गतिविधिका लागी स्वच्छ स्थानका रुपमा विकास गर्न लागेको बताउछन । कोषले गुरुयोजना मार्फत काम गर्ने योजना बनाएको छ । आएका भारतीय पर्यटकहरुको मनोगत प्रवृत्ति नै पृथक भएकाले मन्दिर वरीपरी फोहोर देखिएको थापाको भनाई छ ।

भारतबाट आएका तीर्थयात्रीहरुले शौचालय नभएर बाहिर शौच गरेका होईनन् । थापा भन्छन्, ‘नजिकै शौचालय छ, जाँदैनन् ।’ उनले भने, ‘दिनमा तीन पटक सरसफाई गर्दापनि जस्ताको त्यस्तै हुन्छ, अहिले निर्माणको काम पनि भईरहेको छ । यसले पनि केही फोहोर देखिएको छ ।’

कोषका प्रशासकिय अधिकृत गौरिशंकर पराजुलिका अनुसार कोषले स्मार्ट शौचालय बनाउने योजना बनाएको छ । हाल पशुपति क्षेत्रमा प्रत्येक तीन सय मानव पाईलामा एक/एक शौचालय छन् । यसको अर्थ तीनसय पाइला हिडेपछि शौचालय भेटिन्छन् । तर भारतीयले प्रयोग गर्दैनन् ।

तीर्थयात्रीबाट आर्थिक लाभ शुन्य

भारतबाट आएका तिर्थयात्रीबाट आर्थिक लाभ मिलेको छैन । हामी धार्मीक पर्यटनलाई निकै जोडबल गरिरहेका छौँ, तर फस्टाईरहेको छैन । साहसिक पर्यटनबाट जस्तो धार्मीक पर्यटनबाट नेपालले लाभ लिन सकेको छैन । धार्मीक गतिविधिका लागी नेपाल आउने अगन्तुकले मन्दिरमा चढाउने भेटी बाहेक अन्य खर्च गर्दैनन् ।

उनीहरु आउँदा उतैबाट गाडी लिएर आउँछन् । यतिमात्रै नभई पानीदेखी नुनसम्म पनि उतैबाट बोकेर ल्याउँछन् । यसविषयमा कोषका कोषाध्यक्ष डा.थापा आएका तीर्थालुलाई नआउ भन्न नमिल्ने बताउँछन् । ‘कोही होटलमा नखाने हुन्छन्, कोही कसैले छोएको नखाने हुन्छन्’ उनले भने, ‘अब पकाएर नखाउ भन्न मिलेन, अब हामी सकेसम्म निशुल्क खाना उपलब्ध गराउने प्रयासमा छौँ ।’

थापाका अनुसार कोषले तत्काललाई तीर्थयात्रीहरुका लागी खाना पकाउने स्थान उपलब्ध गराउने तयारी थालेको छ । उनले घुम्न आएकाले खर्च गर्नैपर्छ भन्ने सिमा र कानुन कतै नभएको बताउँछन् । ‘आउँछन्, जान्छन् खर्च यति गर्छन भन्ने छैन । नगर्न पनि पाईन्छ’ उनले भने ।

‘नेपाल आउने धार्मीक पर्यटक यस्तै हुन् । तर सरकार संख्या मात्रै हेरेर गुणस्तर नहेरी बसेको छ’ एक पर्यटनविद्ले भने ।  

नेपालीले ठग्ने भारतीयको आरोप

पशुपतिनाथ क्षेत्रमा भेटिएका भारतीय तीर्थालुले नेपालीले आफूहरुलाई ठग्ने गरेको आरोप लगाएका छन् । भारतबाट वर्षमा एकपटक तीर्थयात्रीलाई नेपाल भ्रमण गराउँदै आएका एक भारतीयले हामीसँगको कुराकानीमा नेपालीले ठग्ने गरेको आरोप लगाए । ‘नेपालीले हामीलाई ठग्छन्, एक कप चियाको चालिस रुपैयाँ लिन्छन् । पानीको चालिस लिन्छन, हामीले २० रुपैयाँमा ल्याएको उतैबाट’ पानीको जार देखाउदै उनले भने |

पाकिङमा एउटै दर
विद्युतीय शवदाह गृह नजिकै सवारी पाकिङको व्यवस्था गरिएको छ । जुन ३८ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ विभिन्न संरचना पनि बनाईदै छ  । पशुपति क्षेत्रमा आएका सवारीको पार्किङ दर एउटै छ । भारतीय गाडीहरुले पनि पार्किङ शुल्क वापत २४ घण्टाको एक सय रुपैया तिर्छन्, नेपाली गाडीले पनि । साना ठूला सबै सवारीलाई एउटै दर छ, मोटरसाइकलको १५ रुपैयाँ लाग्छ ।

पशुपति क्षेत्र विकास कोष पनि यसबारेमा जानकार छ । कोषका कोषाध्यक्ष डाक्टर मिलनकुमार अहिले अस्थायी व्यवस्थापन भएको बताउँछन् । उनका अनुसार अहिले त्यो जग्गा स्थानीय क्लबको जिम्मामा छ । यसमा ६०/४० को सहमति छ  । सवारी पार्किङबाट उठेको रकममध्ये क्लबले ४० प्रतिशत कोषलाई बुझउँछ, २० प्रतिशत मन्दिर क्षेत्रमा हुने धार्मीक कार्यक्रममा खर्च हुन्छ र बाँकी ४० प्रतिशत क्लबले लिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved