सातै महादेशका हिमाल आरोहण गर्दै १३ वर्षीय नेपाली बालक

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 15, 2019 | 11:55:32 AM मा प्रकाशित

laxmi  sunrise bank

‘ग्लोबल वार्मिङ’ यो आफैँमा एक गहन अध्ययन गर्नुपर्ने विषय हो । यसको समस्याले अहिले संसारभरी नै पिरोलिरहेको छ । ग्लोबल वार्मिङको समस्या भनेको संसारमा फस्टाएका विभिन्न खाले उद्योगले पर्यावरणमा पारेको प्रभाव हो । यसको न्यूनिकरण निकै चुनौतीपूर्ण छ ।

तर नेपालका १३ वर्षीय एक बालक यही समस्या समाधानको बिगुल फूक्दै संसार घुम्दै छन् । विश्व समुदायलाई ग्लोबल वार्मिङको समस्याबारे चेतना प्रदान गर्न १३ वर्षीय सोनाम शेर्पा उनका पीता पिके शेर्पासँग विश्वका ७ वटै महादेशका अग्ला हिमाल आरोहण गर्दैछन् ।

 ताप्लेजुङमा सामान्य परिवारमा जन्मिएका शेर्पा कृषि कर्म हुँदै पर्यटन व्यवसायमा लागे । उनले हिमाल आरोहरणमा आउने विदेशी पर्यटकलाई समेत फोहोर व्यवस्थापनमा चेतना दिँदै आएका छन् । विभिन्न हिमालको सरसफाई समेत गरिसकेका शेर्पा बाउ छोराले विश्व जलवायु परिवर्तनको समस्या नेपालका हिमाल सफा गरेर मात्रै सम्भव नहुने देखेपछि विश्वका सबै हिमाल आरोहण गरेर यसको चेतना फैलाउनुपर्छ भन्ने निश्कर्षमा पुगे । त्यसपछि अहिले बाउ छोरा विभिन्न निकायमा पुगेर, विभिन्न संघुसंस्थामा पुगेर यस विषयमा बताउँदै आएका छन् । सरकारी स्तरबाट खासै सहयोग नपाएका पिकेले रेडियोमा अन्तवार्ता दिएपछि भने राष्ट्रपति कार्यालयबाट केही हौसला पाएका छन् ।

नेपाली छोराले विश्वको जलवायु परिवर्तनको समस्या देखाउन र यसको समाधानका उपायबारे जानकारी दिन विश्वका हिमाल आरोहण गर्नु निकै ठूलो लक्ष्य र यो अभियान सफल भएपछि ठूलो उपलब्धि हाँसिल हुने वाताबरणविद्हरु बताउँछन् । यद्यपी शेर्पा बाउ छोराले हालसम्म सरकारी स्तरबाट कुनै सहयोग पाएका छैनन् ।

ताप्लेजुङ सरोकार केन्द्रले भने उनीहरुको अभियान सफलताको कामना गर्दै सहयोगको अपिल गरेको छ ।

यसविषयमा पिके शेर्पा आफू उमेरले ४ दशकको नजिक रहेपनि आफूले अझै युवाको प्रतिनिधित्व गर्ने बताउँछन् । निकै जोशिला र जागरिला उनले आफ्नो छोरालाई किशोर किशोरी अवस्थाको प्रतिनिधिका रुपम लिएका छन् । यसैले बाउ छोरा अभियान सफल हुने र विश्व समुदायमा जलवायु परिवर्तनको असरबारे चेतना फैलिने विश्वस्त छन् । पर्यावरणीय गतिविधिमा सुधार आउने र फलस्वरुप जलवायु परिवर्तनको समस्या न्यूनिकरण हुनेमा उनीहरु आशावादी छन् ।

पृथ्वीको आयु बढाउन, जलवायुको असर कम गराउन, वाताबरण/पर्यावरण जोगाउदै हिमालको हिउँ जोगाउन हामी बाउ छोरा सातै महादेशका ७ उच्च हिमाल आरोहण गरी विश्वमा चेतना फैलाउन यो अभियान सुरु गरेको पिकेले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved