पर्यटन मैत्री कानुन बनाउन सभामुखको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 01:05:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र कानुनी सुधार गर्न सरकारलाई आग्रह गरेका छन् । पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएर मात्रै पर्यटन क्षेत्रको विकास हुने भन्दै  सभामुख महराले व्यवसायीलाई उत्साहित बनाउने गरी कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाल टूर एण्ड ट्राभल एशोसिएशन, नेपाल (नाटा)को ५२ औं वार्षिक साधारण सभामा उनले आर्थिक विकासका लागी सबैभन्दा महत्वको विषय पर्यटन क्षेत्रको सुधार रहेको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रह गरे । सरकार र निजी क्षेत्र मिलेर पर्यटनलाई सदाबहार व्यवसायका रुपमा स्थापित गराउनुपर्ने महराको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved