मलेसिया र इन्डोनेसियामा नेपालको प्रचार गर्दै पर्यटन व्यवसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 12:08:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली पर्यटन व्यवसायीले मलेशिया र इन्डोनेशीयामा नेपालको प्रचार गरेका छन् । मलेसियाको क्वालालाम्पुर र इन्डोनेसियाको बालीमा व्यवसायीले नेपालको पर्यटन प्रवर्धन गर्न भन्दै प्रचार प्रसार गरेका हुन् ।

ट्रेकिंग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराको आयोजना तथा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा दुई देशमा नेपाल प्रमोशन तथा सेल्स मिसन कार्यक्रम गरी पर्यटनको प्रवद्र्धन गरिएको हो । दुबै कार्यक्रममा नेपाल पर्यटन वोर्ड, एशोसियसन अफ इन्डोनेशियन टुर्स एण्ड ट्राभल्स एजेन्टका एजेन्ट, टुर अपरेटर, नेपाल पर्यटन वोर्ड,  टान क्षेत्रिय सघं पोखराका २१ सदस्यीय टोलीको सहभागीता रहेको थियो ।

पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले डेस्टिनेशन नेपाल शिर्षकमा नेपालको पर्यटकीय सम्पदाहरुको बारेमा हिन्दु बाहुल्य बाली तथा हिन्दु बाहुल्य भएको देश नेपालकाबीच अन्तर आत्मीयता र बालीको साहसिक पर्यटन तथा नेपालका उपलब्ध साहसिक पर्यटनका बीचको सम्बन्ध तथा साझेदारीका बिषयमा प्रस्तुति दिएका थिए । बाली पर्यटन वोर्डका सचिव लुसीयारीले नेपाल र बालीका बीचमा रहेका साँस्कृतिक आदानप्रदान, बालीपर्यटन बोर्ड र बालीपर्यटन बोर्डका बारेमा हुन सक्ने सहकार्यका बारेमा आफ्नो धारणा राखेकी थिइन् ।

नेपाल भ्रमर्ण बर्ष २०२०, विश्वमै प्रख्यात अन्नपूर्ण क्षेत्रको पदयात्रा गर्न र नेपालका विभिन्न ठाउँ घुम्न मलेशियन र इण्डोनेशियन पर्यटकलाई निमन्त्राण गरेको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा अध्यक्ष हरि भुजेलले जानकारी दिए । पछिल्लो समयमा मलेशियन पर्यटक नेपाल आउने क्रम बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved