रेष्टुरेन्टमा ग्राहकबाट लिइने सेवा शुल्क हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 11:00:35 AM मा प्रकाशित

laxmi  sunrise bank

रेष्टुरेन्ट तथा बारमा ग्राहकबाट लिइने सेवा शुल्क हटेको छ । काठमाडौं, पोखरा र सौराहामा सञ्चालित रेष्टुरेन्ट तथा बारमा अब सेवा शुल्क तिर्नु नपर्ने भएको हो ।

रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबान (काठमाडौं, पोखरा र सौराहा)को भेलाले ग्राहकहरुबाट लिइने १० प्रतिशत शुल्क हटाउने निर्णय गरेको हो । ग्राहकबाट १० प्रतिशत सेवा शुल्क लिन थालिएपछि आलोचना हुँदै आएको थियो ।

‘काठमाडौं, पोखरा र सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेबापत कुनै सेवा शुल्क लिइने छैन’ रेबानद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा रेबानका केन्द्रीय अध्यक्ष प्रमोद कुमार जैसवाल र रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलले हस्ताक्षर गरेका छन् । रेबान सौराहाका अध्यक्ष गोकर्ण गिरीको भने विज्ञप्तिमा हस्ताक्षर छैन ।

विज्ञप्ति:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved