सेवा शुल्क खारेजको विरोधमा मजदुरद्धारा देशभरका रेष्टुरेण्ट बन्दको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 01:43:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रेष्टुरेण्ड तथा वारमा लिइदै आईएको १० प्रतिशत सेवाशुल्क खारेजको विरोधमा मजदुर संगठनले आपत्ति जनाएका छन् । रेष्टुरेण्ड एण्ड वार एशोसिएसनले १० प्रतिशत सेवाशुल्क खारेज निर्णय गरेसँगै यसको विरुद्धमा तीनवटा मजदुर संघको संयोजकत्वमा देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गरिने भएको छ ।

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले संयुक्त छलफलपछि शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

ुसन् २००८ मा रेवान र फाष्टफुड एसोसिएसन नेपालको होटल तथा रेष्टूरेण्टमा कार्यरत युनियनबीच भएको सम्झौता अनुसार जम्मा भएको १० प्रतिशत सेवा शूल्क कामदार, कर्मचारी र प्रतिष्ठानबीच निश्चित प्रतिशत वाँडफाँड गर्दै आएको तर अहिले रेवानले सेवा शुल्क खारेज गर्ने गलत निर्णय गरेको मजदुरको आरोप छ । श्रम नियमावली २०७५ को नियम ८२ अनुसार कानुनी रुपमा वैधानिकता प्रदान गरिएको कारण १० प्रतिशत सेवा शूल्क खारेज गर्नु गलत भएको उनीहरुको टिप्पणी छ ।

रेवानले गरेको निर्णय विरुद्ध तीन वटा संघ कानुनी उपचार खोज्ने क्रममा रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष माधव पाण्डेले बताए । संघको योजना अनुसार आगामी आइतबार दिउँसो चार बजे मुलुकभर देशव्यापी कोणसभा गरिनेछ भने प्रतिष्ठान स्तरमा रेवानलाई नै सार्वजनिक रुपमा बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

माघ २२ गतेदेखि मुलुकका सबै रेष्टुरेण्टमा हड्ताल गरिने उनीहरुले चेतावनी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved