वाइडबडी प्रकरणले भ्रमण वर्ष असफल पार्ने व्यवसायीको चिन्ता, समस्या समाधान गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 11:06:45 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्रमा क्रियाशील संस्था तथा व्यवसायीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौलता प्रति आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

पर्यटन क्षेत्रमा काम गर्दैै आएका १२ संस्थाले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै निगममा हाल देखिएको गतिरोध अन्त्य गर्दै जहाज खरीद र सञ्चालनलाई गति दिने वातावरण सिर्जना गरी पर्यटन प्रवर्दनमा सघाउन आग्रह गरेका छन् ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेसँगै ध्वजावाहक वाइड बडी खरीद प्रकरणमा देखिएका समस्याले सम्पूर्ण पर्यटन व्यवसायीलाई चिन्तित तुल्याएको विज्ञप्तिमा जनाईएको छ । भ्रमण वर्षलाई असफल बनाउन र निगमलाई कमजोर बनाउन गरिएका षड्यन्त्र र अवरोध पर्यटन व्यवसायीलाई स्वीकार्य नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘‘जहाजको आवश्यकता महशुस गरिरहेका पर्यटन उद्योगसँग सरोकार राख्ने सङ्घ, सङ्गठन तथा व्यवसायीको लागि जहाज आउने तथा सञ्चालनमा ल्याइने कुराले निकै खुशी र उत्साहित भएसँगै वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौलताले गम्भीर बनाएको छ’ उनीहरुले भनेका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट (नाट्ट), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टर, हिमालय उद्धार सङ्घ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ लगायतले संयुक्त विज्ञप्ती जारी गर्दै वाइडबडी सञ्चालनको लागी वाताबरण मिलाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेका छन् ।

‘खरिद प्रकृयामा प्रचारमा आएको जस्तो कुनै कमी कमजोरी भए कानुनी प्रकृया अघि बढाईयोस् तर बल्ल तल्ल आएको राष्ट्रिय ध्वजाबाहक जहाज डुब्नु हुदैन जहाज ऊड्नु पर्छ’ टानका अध्यक्ष नवराज दाहालले भने ।

पर्यटन सम्वद्ध संस्थाहरुले जारी गरेको विज्ञप्ती:
यसअघि:

वाइडबडी प्रकरणमा मन्त्री अधिकारीलाई व्यवसायीको साथ, कंसाकारलाई धन्यबाद

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved