विदेशी सञ्चार माध्यममा आएका पर्यटन सम्बन्धि समाचारमा टानको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 01:41:48 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले नेपालको पदयात्रा तथा पर्वतारोहण सम्बन्धि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । टानले पदयात्रा तथा पर्वतारोहण र उद्धारसम्बन्धी अन्तराष्ट्रिय सञ्चार माध्यममा भ्रामक समाचार आएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

टानका अध्यक्ष नवराज दाहालले विज्ञप्ति जारी गर्दै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको कार्यक्रमलाई नै प्रभावित तुल्याउने गरी भइरहेको अनर्गल प्रचारबाजीले समग्र पर्यटन क्षेत्रलाई असर पुग्ने भन्दै राष्ट्रिय सञ्चार माध्यमलाई देशको पर्यटनको हितमा समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

“विगतमा सरकारबाट यस सम्बन्धमा सबै प्रकारको निक्र्यौल भइसकेको अवस्थामा देशको गौरवमय कार्यक्रम ‘नेपाल भ्रमण वर्ष’लाई नै विफल बनाउन केही शक्ति अनर्गल प्रचारप्रसारमा लागेको देखिन्छ, यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ” विज्ञप्तिमा जनाईएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘फेक रेस्क्यु’ प्रकरणमा सत्यतथ्य छानबिन गर्न एक कार्यदल गठन गरी छानबिनपश्चात प्रतिवेदन समेत बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापमा पर्यटकलाई पर्नसक्ने प्राकृतिक वा अन्य विपत्तिबाट हुने क्षतिलाई न्यूनीकरण गरी खोज उद्धार तथा उपचार कार्यलाई सुव्यवस्थित गर्न “पर्यटन खोज उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि –२०७५” कार्यान्वयन गर्न एक कार्यदल गठन गरी उक्त कार्यदलले काम समेत अघि बढाएको छ ।

विज्ञप्ति:


यसअघि:

अन्तराष्ट्रिय मिडियामा नेपालको नकारात्मक प्रचार, दोषीलाई कारबाही नभए रकम रोक्ने चेतावनी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved