पर्यटन प्रवद्र्धनका लागी कर्णाली एक्स्पो, पाँच जनालाई रारा भ्रमणको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 02:08:51 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको भृकुटीमण्डपमा कर्णाली एक्स्पो आयोजना हुने भएको छ । समृद्ध कर्णाली अभियानले फागुन ३, ४ र ५ गते ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने नारासहित महोत्सवको आयोजना गर्न लागेको हो ।

एक करोड लागत अनुमान गरिएको महोत्सवमा कर्णालीका १० वर्ट जिल्लाका संस्कृति झल्किने झाँकी, कर्णालीको मुख्य खानाका स्टलहरु, पौष्टिक रैथाने खाद्यबालीहरु, जीवनशैली, स्रोत साधनलाई देखाईने आयोजकले जनाएको छ । समृद्ध कर्णाली अभियानका संयोजक उपेन्द्र शाहीले महोत्सव अवलोकनका लागी आउने दर्शकहरुमध्येबाट लक्कि ड्र मार्फत ५ जनालाई मुगुको हुटुस्थित रारा ताल भ्रमणमा लैजाने जानकारी दिए ।

महोत्सवको अवलोकनमा आउनेहरुले टिकट काटेर प्रर्दशन स्थल प्रवेश गर्न पाउने छन् । विद्यार्थीले एक सय र अन्य नागरिकले २ सयको टिकट काट्नुपर्नेछ । २ सयको टिक काटेर महोत्सव हेर्न प्रवेश गर्नेलाई आयोजकले एक सय बराबरको गिफ्ट पनि दिनेछ ।

४० वटा स्टल रहने एक्स्पोका लागी नेपाल पर्यटन बोर्डले १० लाख, कर्णाली प्रदेशले ५ लाख र नेपाल टेलिकमले एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । महोत्सवमा कर्णालीको कृषि, संस्कृति, प्रकृतिलाई देखाउने प्रयास गरिने आयोजकको भनाई छ । महोत्सवमा सहभागी हुन आउने कर्णालीका कलाकारलाई भने सोही प्रदेशका ७३ वटा स्थानीय तहले ल्याउने र लैजाने काम गर्ने जनाईएको छ ।

संयोजक शाहीले कर्णालीलाई चिनाउन र कर्णालीलाई सम्भावनाको प्रदेशका रुपमा प्रचार गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । त्यहाँ उत्पादित कृषिबालीलाई प्रचार गरेर कर्णालीलाई समृद्ध प्रदेशको रुपमा विकास गर्ने लक्ष्य अनुसार काठमाडौँसहित अन्य जिल्लाका नागरिकलाई पनि कर्णालीको बारेमा जानकारी दिन काठमाडौँमा महोत्सव गर्न लागिएको उनले बताए ।

महोत्सवमा खस भाषाको उद्गस्थल कर्णाली भएकाले खस भाषा र सभ्यताको सत्र पनि समावेश गरिने जनाईएको छ । यसका साथै कर्णालीका मौलिक सांस्कृतिक कार्यक्रम, प्रांगारिक कृषि प्रदर्शनी, रैथाने खानाका परकारहरु, फोटो, भिडियो समेत प्रदर्शन गरिने जनाईएको छ ।

कर्णालीमा रारा, शे–फोक्सुण्डो, मनसरोबर लगायतका तालसहित काक्रेबिहार, चन्दननाथ लगायतका धार्मीक स्थल छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved