‘पर्यटन बोर्डमा भ्रष्टाचार मौलाएको छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 11:31:57 AM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले नेपाल पर्यटन बोर्डको पुर्नसंरचना गरिनुपर्ने बताएका छन् । उनले स्थापना हुँदा गरिएको परिकल्पाको आधारमा आजसम्म पनि बोर्ड सञ्चालन हुँदै आएको भन्दै यसको संरचना नै बदल्नुपर्ने बताए । लोसार पर्वको अवसरमा टानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहाले बोर्डभित्र आर्थिक अनियमितता बढेको भन्दै बोर्डमा हुने भ्रष्टाचारको छानबिन गर्न माग गरे ।

अध्यक्ष दाहालले पर्यटन बोर्ड र टानबीच सम्झौता भएर टानले विक्रि गर्दै आएको टिम्स कार्ड वापतको हिसाब स्ष्ट देखाउन माग गरे । वर्षौदेखी टानले पाउनुपर्ने रकम पाउन नसकेको भन्दै उनले तत्काल हिसाब देखाएर टानल पाउनुपर्ने रकम उपलब्ध गराईदिन माग गरे ।

उनले अहिले जताजतै मोटरबाटो खन्ने कामले गर्दा पदमार्ग ध्वस्त भएको जानकारी गराउँदै उनले स्थानीय तहले जथाभावी बढाएको पर्यटन शुल्कलाई व्यबस्थित गर्न माग गरे ।

उनले आउन लागेको नयाँ संघिय पर्यटन ऐन २०७५ मा व्यवसायी मैत्री विधेयक नआएको भन्दै पर्यटन सम्वद्ध १३ वटा संस्थाले बुझाएको छुट्टै विधेयकलाई समेट्न माग गरे । २०३५ को पर्यटन ऐनलाई विस्थापति गर्न आउन लागेको ऐनले हिमाल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने संकेत गरेको भन्दै त्यसो हुन नदिन सरकारसँग माग गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले मन्त्रालय व्यवसायीकै भएको भन्दै व्यवसायीका माग समेटेर पर्यटन ऐन आउने आश्वासन दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved