'तोकिए भन्दा बढी रक्सि र सुन बाहेक विदेशबाट ल्याएको केहि जफत भएको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2019 | 12:59:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आउने हवाइ यात्रुले व्यक्तिगतरूपमा ल्याएका सुन र रक्सीबाहेकका तोकिएको नियमअनुसारको सामान जफत नगरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरकाअनुसार झिटीगुण्टा सम्बन्धी ऐनअनुसार कुनै एक व्यक्तिले ल्याउन पाउने अधिकतम सीमाभन्दा बढी ल्याएको रक्सी र सुनमात्र जफत गरिएको छ। अन्य सामानको हकमा भने भन्सार तिरेर लिन अकने व्यवस्था रहेको उनको भनाई छ। 

नेपाल आउने हवाई यात्रुले एक लिटरभन्दा बढी रक्सी ल्याए जफत हुने तर तोकिएभन्दा बढी चकलेट ल्याए कर तिरेर ल्याउन सकिनेछ। कानुनअनुसार नै रक्सि र सुनमा कडाइ गरिएको तर अन्य सामान ल्याउनमा भने कुनै कडाइ गरिएको छैन। कर तिरेर सामान लैजान नचाहनेहरु धेरै भएकाले विमानस्थलमा धेरै सामान थन्किएको हो। यसरि थुप्रिएका सामानले सरकारले विमानस्थलमै सामान जफत गर्यो भन्ने नकारात्मक संदेश गएको ठाकुरको भनाई छ ।     

रक्सिमा कडाइ भएसंगै तोकेभन्दा बढी रक्सि ल्याउनेको संख्या कम भैसकेको छ। भन्सार कार्यालयका उपसचिव चुडाराज सापकोटाकाअनुसार सबभन्दा बढी मदिरा बैंकक, हङकङ, नयाँ दिल्लीजस्ता गन्तव्यबाट आइरहेका छन। तर सामाजिक संजाल र मिडियामा भने दोहा कतार र मलेसिया जस्ता रोजगारीका गन्तब्य मुलुकबाट ल्याइएको रक्सि जफत गरिएको भनेर आलोचना गरिएको उनको भनाई छ। कोटाभन्दा बढी अरू सामानको हकमा तत्काल ४० प्रतिशत भन्सार शुल्क तिरेर सामान छुटाउन सकिन्छ। 

अहिले कुनै पनि नेपाली यात्रुले आउँदा एउटा नयाँ मोबाइल ल्याउन पाउँछन्। प्रयोग गरिरहेका २ वटा पनि ल्याउन पाउँछन्। कुल ३ वटा मोबाइल ल्याउन पाउने सुविधा भयो। अब एकभन्दा बढी नयाँ मोबाइल ल्याए त्यसको बिलमा भएको मूल्यको ४० प्रतिशत भन्सार तिरेर यात्रुले लिन पाउँछन्।

प्रयोग गरेका पुराना कपडाबाहेक १५ वटा नयाँ कपडा ल्याउन पाउने सुविधा छ। खाद्यान्न तथा चकलेटजस्ता वस्तु पनि ७ किलोसम्म ल्याउन पाउँछन्। त्यस्तै वैदेशिक रोजगारीमा गएको एक वर्ष पुगेपछि ३२ इन्चसम्मको टिभी भन्सार छुटमा ल्याउन पाइन्छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved